
बूढानीलकण्ठ, बैशाख २१ गते ।
बैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनको लागि बूढानीलकण्ठ नगरपालिकामा २८५ जनाको मनोयन दर्ता भएको छ ।
बूढानीलकण्ठ निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १५ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने ६ जनाको उप-मेयरमा र ६५ जनाको वडा अध्यक्षमा उम्मेद्वारी दर्ता भएको छ । साथै ५१ जना महिला सदस्य, ४४ जना दलित महिला सदस्य र १०४ जना खुल्ला सदस्यहरुले मनोनयन दर्ता गराएका छन् ।
नगर प्रमुख, उपप्रमुख र १३ वटा वडामा १३ वडा अध्यक्ष र सोही संख्यामा महिला सदस्य, दलित महिला सदस्य तथा खुल्ला सदस्य गरि कुल ६७ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।
बैशाख ११ र १२ गते नगरपालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरुपमा मनोनयन दर्ता भएका थिए । बैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका थियो ।
वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिई, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन भयो ।
र वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका अनुरुप पहिला दर्ता भएका ३०८ जना उम्मेदवारमध्ये २३ जना इच्छुक उम्मेदवारले मनोनयन फिर्ता लिए पश्चात २८५ जनाको अन्तिम नामावलि प्रकाशन भएको हो ।
उम्मेद्वारहरुको विवरणः
उम्मेदवारहरुको संख्यातमक विवरणः
उम्मेदवारहरुको पद, वडा र लिङ्गको आधारमा सङ्खयात्मक विवरणः
उम्मेद्वारहरुको लिङ्गको आधारमा सङ्खयात्मक विवरणः