बूढानीलकण्ठ, बैशाख २१ गते ।

स्थानीय तहको निर्वाचनको लागि बूढानीलकण्ठ नगरपालिकामा १९ वटा मतदान स्थल निर्धारण गरिएको छ ।

नगरपालिकाको ४८,०३४ मतदाताका लागि यी स्थलमा ५३ वटा मतदान केन्द्र निर्धारण गरिएको बूढानीलकण्ठ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बूढानीलकण्ठ निर्वाचन अधिकृतको कार्यालयले वैशाख ३० मा हुने स्थानीय तह सदस्य निर्वाचनको लागि मतदाता, मतदान स्थल र मतदान केन्द्र टुङगाएको हो ।

नगरपालिकामा रहेका मतदान स्थल र केन्द्रहरुमा निर्वाचन अधिकृत चमिला भट्टराईको टोलि सहित बूढानीलकण्ठ नगरपालिका प्रमुख प्रशासकिय अधिकृतले बैशाख १८ गते निरक्षण र अनुगमन गर्नु भएको थियो ।

निर्वाचन अधिकृत चमिला भट्टराइका अनुसार वडा नं २, ३, ८, १०, ११ र १३ मा दुई-दुई वटा मतदान स्थलहरु छन् भने अन्य वडाहरुमा एक-एक वटा मात्र स्थलहरु सञ्चालन हुने छ । सबै भन्दा बढि मतदान केन्द्र वडा नं १० मा ९ वटा रहेको छ । वडा नं १० मा सबैभन्दा बढी ८ हजार १ सय ७१ जना मतदाता छन् ।

मतदान केन्द्र र स्थलको विवरणः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय