बूढानीलकण्ठ , बैशाख १९ गते ।
सोमबार बिहान देखि परेको मेघ गर्जन र असिना पानीले बूढानीलकण्ठ नगरपालिका वडा नं ६ स्थित लुडे खोलामा बाढी आएको थियो ।
असिना पानीले खोलामा बाढी आएर खोला वरिपरी रहेको वस्तीमा समेत असर पारेको खबर पाउनासाथ बूढानीलकण्ठ नगर प्रहरीको विपद व्यवस्थापन टोली समयमै त्यहाँ पुग्यो ।
विपदको प्रकार भयानक हुन सक्ने खबर पाईसकेको टोलीले नगरको डोजर सहित आफ्नो पुरै जनशक्ति परिचालन गरेर स्थितिलाई छिट्टै नियन्त्रणमा लिन सफल भयो ।
बाढी नियन्त्रण गर्न सक्रियताका साथ सहासिक र मानविय भुमिका निभाएका नगर प्रहरीको टोलीका कारण उक्त क्षेत्रमा कुनै पनि मानविय र भौतिक क्षती हुन पाएन ।
पानी परि रहदाँ पनि सक्रियताका साथ बाढी नियन्त्रणमा उत्रिएको देख्दा नगर प्रहरीको क्षमता र कार्य कुशलताको स्थानीयले प्रशंसा गरेका थिए ।
उक्त नियन्त्रण कार्यमा नगर प्रहरी सँगै नेपाली प्रहरी र स्थानीयवासीको समेत साथ रहेको थियो ।
आगलागी होस् या बाढि पहिरो, अथवा पहिरो नै किन नहोस् हरेक किसिमका विपद व्यवस्थापनमा तालिम प्राप्त नगर प्रहरीको टोलिले समयमै स्थिति नियन्त्रण गर्दै आएका छन् । उनिहरूको कामको नगरपालिका साथै स्थानीयवासीले समेत कदर र सम्मान गरेको पाइन्छ ।