बूढानीलकण्ठ, बैशाख १६ गते ।
बूढानीलकण्ठ नगरपालिका गरिब घर परिवार पहिचान कार्यको लागि तथ्याङ्क संकलन सम्बन्धी सूचना प्रकासन गरिएको छ ।
नेपाल सरकार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अनुसार यस बूढानीलकण्ठ नगरपालिका भित्र रहेका गरिब घर परिवार पहिचान गरी परिचय पत्र वितरण कार्यका लागि नगरपालिका कार्यपालिकाको कार्यालय बाट सुपरिवेक्षक तथा गणकहरू नगरपालिका क्षेत्र भित्रका घर घरमा गई तथ्याङ्क संकलन गर्न खटाईएकोले उक्त कार्यका लागि खटिएका गणकहरुलाई सहजिकरण र सहयोग गरी सहि सत्य, तथ्य सूचना तथा यथार्थपरक विवरणहरु उपलब्ध गराईदिनुहुन सम्बन्धित् सबैमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेले अनुरोध गर्नुभएको छ ।