बूढानीलकण्ठ, बैशाख १२ गते ।
बूढानीलकण्ठ नगरपालिका मा १८ वर्ष माथिका २ मात्रा कोभिड – १९ बिरुद्धको खोप लगाएका वा जोन्सन एण्ड जोन्सन खोपको १ मात्र लिई ३ महिना पुरा भएका व्यक्तिहरुको लागि एस्ट्राजेनेका बुस्टर खोप लगाउने कार्यक्रम भोलि बाट सुरु हुन लागेको छ ।
नगरपालिका जनस्वास्थ्य महाशाखा शाखाको जारी सुचना अनुसार नगरपालिका अन्तर्गतका सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा खोप उपलब्ध हुने छ ।
खोप कार्यक्रम बैशाख १३ गते देखि १५ गते सम्म सञ्चालन हुने भएकाले आफुलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई बुस्टर डोज खोप लगाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।