बूढानीलकण्ठ, बैशाख ०९ गते ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बूढानीलकण्ठ नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

नगरपालिकाको वडा नं ०२ ज्येष्ठ नागरिक पार्क स्थित ज्येष्ठ नागरिक सार्वजनिक भवनमा निर्वाचन अधिकृत चमिला भट्टराईको कार्यालय स्थापना भएको हो ।

भट्टराईलाई बूढानीलकण्ठ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भुवेश्वर लामिछानेले स्वागत गर्नु भएको थियो । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै अधिकृत भट्टराईले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । यससँगै निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन सामग्री पनि पुग्न लागेको उहाँले जोड्नुभयो ।

बूढानीलकण्ठ नगरपालिकाको निर्वाचन प्रक्रियालाई विवादरहित ढंगबाट सफल बनाउनका लागि तयारी सुरु गरिएको छ । अधिकृत भट्टराईले निर्वाचनको तयारीका लागि राजनीतिक दलहरुबीच छलफल गर्ने भएका छन् ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय