बूढानीलकण्ठ, बैशाख ०८ गते ।  

संघियता देशमा कार्यान्वयन भएपछि गठित स्थानिय सरकार क्रियाशीलताका साथ झण्डै ५ बर्षे कार्यकाल सफलता पूर्वक व्यतित भएको छ । “स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बूढानीलकण्ठ” भन्ने सोच सहित कार्य गर्दै अघि बढेको बूढानीलकण्ठ नगरपालिकाले हाल सम्म ९ वटा नगर सभा सम्पन्न गरि सकेको छ ।

नगरपालिकाको स्थापना कालदेखि ६ वटा फरक प्रशासनिक एकाईको रुपमा रहेका गा.वि.स. हरुको एकिकृत संरचना बनिसके पश्चात  जन प्रतिनिधिहरुको आगमन पछि भैरहेका सबै खालका विकासहरु मध्य प्राथमिकतामा राखिएको शिक्षा, युवाखेलकुद को योजनाबद्ध विकासमा बिगत ४ वर्ष ११ महिनामा थुप्रै कार्यहरु भएका छन् अर्थात भईरहेको छ ।

५ बर्षको अवधिमा हालसम्म शिक्षा, युवा तथा खेलकुद  विकासमा सम्पादन भएका उल्लेखनिय कार्यहरुको संक्षिप्त प्रगति प्रतिवेदन बुदाँगत रुपमा प्रस्तुत गरेका छौँ:

शिक्षा, युवा तथा खेलकुद

१. भूकम्प पछि राष्ट्रिय पुनः निर्माण प्राधिकरण र केहि गैरसरकारी संस्थाहरुसँगको सहयोगमा नगरपालिका भित्र रहेको सामुदायिक विद्यालयहरुको पुराना जिर्ण रहेका भवन विस्थापन गरी करिब २५ वटा पक्की भवनहरु निर्माण गरिएको ।

२. नगरपालिका भित्र रहेको सामुदायिक विद्यालयहरुमा धारा, शौचालय, ECD कक्षा कोठा, ECD शिक्षाको लागि आवश्यक सामग्रीको व्यवस्थापन गरिएको ।

३. ECD शिक्षकहरुलाई न्युनतम पारिश्रमिक व्यवस्था गरिएको छ । बूढानीलकण्ठ मा.वि., बालउद्धार मा.वि.मा. BMCA स्कुलमा इलेक्ट्रिकल, इन्जिनियर, कम्प्युटर इन्जिनियर, सिभिल इन्जिनियर सम्बन्धी प्राविधिक विषयको पढाई शुरु भएको छ । कम्प्युटर र सिभिलको डिप्लोमा तहको प्राविधिक शिक्षा सञ्चालनवाट शिक्षामा व्यावसायिकता वृद्धि भएको छ ।

४. सबै मा.वि. तहमा विज्ञान प्रयोगशाला ( ICT Lab) को लागि आर्थिक स्रोतको व्यवस्था गरिएको छ । सामुदायिक/संस्थागत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिलाई वढि जिम्मेवारी र सहजीकरण गरिएको छ ।

५. बूढानीलकण्ठ नगरपालिकाको आफ्नै स्थानीय पाठ्यक्रम हाम्रो बूढानीलकण्ठ  तयार गरी लागु गरिएको छ ।

६. शिक्षा व्यवस्थापन कार्यविधि, २०७५ लगायत शिक्षा सम्बन्धी अन्य कानुन निर्माण गरी कार्यान्वयन गरिएको छ।

७. विद्यालयहरुको भौतिक र शैक्षिक पूर्वाधारका लागि विद्यालयहरुलाई मागमा आधारित बजेट उपलब्ध गराईएको छ ।

८. ECD कक्षालाई समय सापेक्ष सुधार गर्दै कक्षामा अध्यापनरत सहजकर्ता लगायत • विद्यालय कर्मचारीहरुको न्यून पारिश्रमिकमा नगरपालिकाले थप पारिश्रमिक उपलब्ध गराएको छ।

९. विद्यालयहरुमा पोषण तथा दिवा खाजाको व्यवस्था गरिएको छ ।

१०. प्रत्यक्ष सिकाई तथा वैकल्पिक सिकाईका लागि शिक्षक तालिम तथा वैकल्पिक सिकाइका लागि आवश्यक सामग्रीहरु वितरण गरिएको छ ।

११. नगरका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा पहुँचवृद्धिका लागि इन्जिनियरिङ र अक्युपंचर अध्ययन गर्ने विद्यार्थीका लागि मेयर छात्रवृत्तिको व्यवस्था गरिएको छ।

१२. विद्यालयहरु बालमैत्री बनाउन प्रोत्साहन गरिएको छ ।

१३. नेपाल सरकारको मापदण्ड अनुरुप साक्षर नगर घोषणा गरिएको छ ।

१४. शिक्षक दरबन्दि मिलान कार्य सम्पन्न गरिएको छ।

१५. नमूना विद्यालयको अवधारणा अनुरुप नगरपालिकाबाट नमूना विद्यालय विकास तथा प्रोत्साहन कार्यको थालनी गरिएको छ। विद्यालयहरुलाई अत्यावश्यक आधारभूत स्वास्थ्य सामाग्रीको व्यवस्था गरिएको छ । .

१६. हरित विद्यालयको अवधारणा अनुरुप सामुदायिक विद्यालयलाई सोकार्यको लागि बजेटको व्यवस्था गरिएको छ ।

१७. विद्यालयमा अध्ययनरत छात्राहरुका लागि प्रत्येक वर्ष सेनिटरी प्याडको व्यवस्था गरिएको छ ।

१८. विद्यालयहरुमा विज्ञान प्रयोगशाला पुस्तकालय, सूचना प्रविधि ल्याव, प्राविधि ल्यावको निर्माण गरिएको छ।

विभिन्न संघ संस्थाहरुसंगको साझेदारीमा विद्यालयको गुणस्तर सुधारको लागि कार्य गरिएको छ ।

१९. एक विद्यालय एक नर्सको अवधारणा अर्न्तगत धेरै विद्यार्थीरहेको विद्यालयहरुमा नर्सको व्यवस्था गरिएको छ।

२०. विद्यालयहरुको तथ्यांक शैक्षिक सूचना प्रणालीमा व्यवस्थित गरिएको छ। प्राविधिक खोल्नको लागि CTEVT सँग समन्वय र सहकार्य गर्ने गरी जग्गाको व्यवस्था गरिएको छ।

२१. नगरस्तरीय युवाहरुको सबै वडामा युवा क्लव व्यवस्थित गरी उनीहरुको छलफल सम्मेलन गरी समस्या र आवश्यकता पहिचान र समाधानका कार्यक्रम लागु गर्ने गरिएको छ।

२२. नगर भित्र खेल पूर्वाधारको सम्भावना पहिचान गरी उपयुक्त योजना बनाई कार्यान्वयन गर्ने कार्य गरिएको छ ।

२३. खेल पूर्वाधारको अवस्था अनुसार नगर स्तरीय खेल आयोजना गरी खेल खेलाडीहरुलाई स्तरोन्नती गर्न प्रोत्साहन गर्ने गरिएको छ। विभिन्न खेल बिधाहरुमा आर्थिक सहयोग दिने गरिएको छ।

२४.विभिन्न खेलमा उत्कृष्ट भएका खेलाडीहरुलाई उचित सम्मान प्रोत्साहन गर्ने गरिएको छ ।

२५. बढ्दो युवाहरुको दुर्व्यसनी र कुलतबाट टाढा राख्ने कार्यक्रम गर्ने गरिएको छ।

२६. नगरको विकास निर्माणमा बिभिन्न बिधामा अध्ययन गरेका युवा स्वयंसेवक छनौट गरी संलग्न गराउने गरिएको छ ।

२७. साथै नगर तथा वडा युवा परिषद मार्फत नविनतम कार्यक्रमहरु तयार गरी कार्यान्वयन गरिएको छ ।

२८. युवा परिचालन र उद्यमशिलता बृद्धि गर्न “युवा सँग मेयर कार्यक्रम” अगाडी बढाइएको छ ।

२९. युवा परिचालनको लागि नगर यूवा परिषद गठन गरि १३ वटै वडामा वडा युवा परिषद् गठन गरी युवाहरुको विकास सहभागिता र क्रियाशीलताका कार्यहरु अ बढाइएको छ । युवा पर्यटन, युवा खेलकुद, युवा छलफलका कार्यक्रमलाई प्रथामिकताका साथ अघि बढाईएको छ ।

३०. नगरपालिकास्तरीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा नगरपालिका भित्र रहेका खेलाडीहरुको सहभागितामा भएका खेलहरुको आयोजनालाई आर्थिक, भौतिक लगायतका सहयोगहरु उपलब्ध गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय