बूढानीलकण्ठ, बैशाख ०४ गते ।

बूढानीलकण्ठ नगरपालिकामा चैत्र २७ गते देखी  बैशाख ११ गते सम्म टाईफाईड रोग विरुद्धको खोप अभियान सञ्चालन भईरहेको छ ।

नेपाल भर टाईफाईड रोग विरुद्ध खोप अभियान २०७८/०७९ अन्तर्गत अभियान सञ्चालन भइरहेको हुँदा १५ महिना देखि १५ बर्ष सम्मका बालबालिहरुलाई खोप लगाउनुहुन सबैमा नगरपालिकाले अनुरोध गरेको छ ।

नगरपालिका अर्न्तगतका सबै स्वास्थ्य चौकि र अधिकांश विद्यालयहरुमा सम्बन्धीत वडाका स्वास्थ्य चौकीद्वारा १५ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई टाइफाईड विरुद्धको १ मात्रा खोप लगाई रहेको हो ।

खोप कार्यक्रम वैशाख ११ गते सम्म सञ्चालन हुने भएकाले बालबालिकाहरुलाई नजिकैको खोप केन्द्रमा लगि टाइफाईड विरुद्धको खोप अनिवार्य लगाउनुहुन नगर प्रमुख उद्धव प्रसाद खरेलले सुचना मार्फत सबैमा अपिल समेत गर्नु भएको छ ।

खोप र खोप केन्द्रको बारेमा जानकारी चाहिएमा सम्बन्धित वडा कार्यालय अथवा नजिकैको स्वास्थ्य चौकिमा सम्पर्क गर्नुहुन जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहालले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय