बढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाले ५० प्रतिशत अनुदानमा व्यवसायिक तरकारी खेती गर्ने कृषकहरुका लागि विद्युतीय स्प्रेयर वितरण कार्यक्रम संचालन गरेकाे छ ।
नगरपालिका भित्रका इच्छुक कृषक समूह, निजी कृषि फार्म तथा कृषि सहकारी संस्थाहरुले २०७९ वैशाख ६ गते भित्र नगरपालिकाको कृषि विकास शाखामा आवश्यक कागजातका साथ आवेदन दिनु सक्नु हुनेछ ।
संलग्न गर्नुपर्ने आवश्यक कागजातहरूः
१) निवेदनका साथ निवेदकको नागरिताको प्रतिलिपि ।
२) सम्बन्धित वडा कार्यालयको सिफारिस ।
३) कृषक समूह/सहकारी तथा निजी फार्म दर्ता प्रमाणपत्र प्रतिलिपि ।
४) कृषक समूह / कृषि सहकारीको तथा निजी फार्मको प्यान तथा कर चुक्ताको प्रतिलिपि ।
५) कृषक समूह तथा कृषि सहकारीको निर्णय प्रतिलिपि ।