बूढानीलकण्ठ चैत्र २९ गते ।
बूढानीलकण्ठ नगरपालिकामा किसान सुचिकरण अध्यावधिक कार्यक्रम सञ्चालन हुन लागेको छ ।
यस कार्यक्रम कार्यान्वयन गर्नका लागी १८ जना किसान सुचिकरण सहजकर्ता आवश्यक परेको हुँदा इच्छुक कक्षा १२ उत्तिर्ण इन्टरनेट चलाउन सक्ने, Android फोन, ट्यावलेट, ल्यापटप भएको स्थानिय युवा उमेर समुहाका महिला पुरुष दुवैले बैशाख ४ गते (आईतबार) सम्म आवश्यक कागजात सहित आबेदन पेश गर्नु हुन प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछानेले सुचना जारि गर्नु भएको छ ।
उक्त पदका लागि वडा नं १,२,३,४,५ र १३ का स्थानीयलाई प्राथमिकता दिईने नगरपालिकाले जनाएको छ ।
सहजकर्ताको पारिश्रमिक किसान सुचिकरण कार्यान्वयन कार्यविधि २०७७ बमोजीम दिइने ब्यहोरा प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।
आवस्यक पद
सि.नं. | किसान सुचिकरण सहजकर्ता |
माग संख्या
|
कैफियत
|
१. |
किसान सुचिकरण सहजकर्ता
|
१,२,३,४,५,र १३ का प्रत्यक वार्डमा ३ जनाको दरले
|
बुढानिलकण्ठ नगरपालिका भित्रका नेपाली नागरिकले मात्र दरखास्त दिन पाउने
|
आवस्यक कागजातहरु
- मान्यता प्राप्त शैक्षिक संस्था बाट प्रविणता प्रमाणपत्रतह उत्तिर्ण गरी कम्प्युटर सम्बन्धी आधारभुत तालीम लियको हुनु पर्नेछ ।
- सुचिकरण कार्यक्रम भयकोले आप्नै Android मोबाइल वा ट्याबभयको र इन्टरनेट चलाउन सक्ने भयको हुनुपर्ने ।
- कृषि तथा पशु सेवा विषय पढेकाहरु लाई प्राथमिकता दिइने छ ।
दरखास्त साथ संलग्न गर्नुपर्ने कागजात
- नगरपालिकाको कृषि विकास शाखा वा पशु सेवा शाखा बाट प्राप्त हुने निर्धारित ढांचाको फारम |
- हालसालै खिचेको पासपोर्ट साइजको ३ प्रति फोटो ।
- शैक्षिक योग्यताको प्रमाण पत्र को प्रतिलिपि ।
- नेपाली नागरीक्ताको प्रमाण पत्र को प्रतिलिपि ।
- तालीम तथा अनुभवको प्रमाणित प्रतिलिपि ।
-उमेरको हद पुरुषको हकमा १८ वर्ष पुरा भै ३५ वर्ष ननाधेको महिलाको हकमा ४० वर्ष ननाघेको हुनु पर्ने ।
-तलब तथा सुविधा कृषक सुचिकरण कार्यबिधि अनुसार ।
-समयावधि १ महिना