बूढानीलकण्ठ, चैत्र २४ गते ।
नागार्जुन नगरपालिकाको आयोजनामा संचालित उपत्यका व्यापी उपमेयर कप फुटसल प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिका प्रथम भएका छन ।
बूढानीलकण्ठका खेलाडीहरूले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतकाे उपस्थितिमा प्रतियोगितामा जितेकाे ट्राेफी नगरपालिकालाइ हस्तान्तरण गरेका छन ।
नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतले विजेता टोलीलाइ टिका र खादा लगाइ सम्मान गर्दै भविष्यका लागी शुभकामना दिएका छन ।
बूढानीलकण्ठ नगरपालिका र आयाेजक नागार्जुन नगरपालिका विच भएकाे फाइनल खेलमा ३-१ गाेल गरी बूढानीलकण्ठ नगरपालिकाले जित हासिल गरेकाे छ ।
उपत्यका सबै नगरपालिका तथा उप-महानगरपालिकाका तर्फबाट उपस्थित १३ टिममध्य बू.न.पा. वडा नं. १२ का अंकित पाैडेलले उत्कृष्ठ खेलाडी र बू.न.पा. वडा नं. ०९ का संजिब तामाङले उत्कृष्ठ गाेलकिपरकाे उपाधी हात पारेका छन ।
यस खेलमा बूढानीलकण्ठका सबै वडाका प्रतिनिधित्व गर्दै बूढानीलकण्ठका उत्कृष्ट खेलाडिहरु सहभागी भएका थिए।
खेलाडिहरु:
१. विवेक पण्डित (कप्तान) -वडा नं ०३
२. संजिब तामाङ (गोल रक्षक) – वडा नं ०९
३. दिविज खड्का – वडा नं ०९
४. रोसन ठकुरी – वडा नं ०३
५. सुनिल लामा- वडा नं ०१
६. सुसान्त पोखरेल – वडा नं १२
७. लक्ष्मण खड्का – वडा नं ०४
८. सेखर खड्का – वडा नं ०४
९. मनिष पौडेल – वडा नं १२
१०. सुदिप लुईटेल (टिम मेनेजर) – वडा नं १०
११. निमेष थापा (व्यवस्थापन) – वडा नं ०४
१२ क्षितिज खड्का (प्रशिक्षक) – वडा नं ०४
बूढानीलकण्ठ नगरपालिका र सिवपुरि युवा कल्ब ।