बूढानीलकण्ठ नगरपालिकामा पानचौर सामुदायिक भवन निर्माण हुदैँ छ । भवन नगरपालिकाको ऐतिहासिक क्षेत्र धरमपुर र डठुगाँउको सिमानामा रहेको पान चौरमा निर्माण हुन लागेको हो।

गाँऊमा परम्परागत शैलिमा मनाईने जात्रा, देवाली, बर्तमान, बिवाह भोज जस्ता धार्मिक कार्य र उत्सवको लागि वडामा सामुदायिक भवनको आवश्यक्ता रहेकोले यस भवन निर्माण योजना सुरु गरिएको थियो। वडा नं ०७ स्थित पान चौरको २.५ रोपनि जग्गामा निर्माण भईरहेको  भवन तिन तल्लाको हुने छ।

नगरपालिकाको सांस्कृतिक र ऐतिहासिक महत्व रहेको यस गाँउमा भवन संगै रहेको धार्मिक र परम्परागत बाघ भैरव मंदिर र चांगुनारायण मंदिर स्तरोन्नतिको काम पनि अघि बढेको छ।

 

स्थानीय निकायको पहलमा यस भवन निर्माणको काम आर्थिक बर्ष २०७५\७६ मा सुरु भएको हो। दुई बर्ष अघि कार्यान्वयन भएको यस योजनाको अनुमानित बजेट ३ करोड राखिएको थियो। योजनाको अहिले सम्म गरेको काममा २ करोड २० लाख रुपैँया खर्च भएको छ। जस्मा नगरपालिकाको १५ लाख रुपैँया, संघिय सरकारको १ करोड ५० लाख र प्रदेश सरकारको ४५ लाख खर्च भएको  वडा अध्यक्ष बस नारायण महर्जनले बूढानीलकण्ठ न्युजलाई जानकारी दिए।

नगरपालिकाको बजेट बाट पहिलो चरणको चौर व्यवस्थापन, पर्खाल र कम्पाउण्ड लगाउने काम डठुगाँऊ-धरमपुर उपभोक्ता समितिले सक्काएको थियो भने भवन निर्माण कामको लागी नगरपालिकाबाट टेण्डर आव्हान गरीएको थियो। अध्यक्षले निर्माणको ८०% काम सक्किसकेको र योजना सम्पन्न हुन थप १ करोड बजेट चाहिने अवस्था रहेको बताए।


दुई वटा वडाको सिमानामा रहेको पान चौर भवन वडा नं ६ को धरमपुर गाँउ र वडा नं ०७ को डठुगाँउका  २०० घर धुरिले संयुक्त रुपमा प्रयोग गर्न मिल्ने गरी व्यवस्था मिलाईएको छ। तिन तल्लाको यस भवनमा नगरपालिकामा हुने गोष्टि, तालिम, वैठक जस्ता सामुहिक कार्यहरु पनी गर्न मिल्ने गरि डिजाईन गरिएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय