
बूढानीलकण्ठ, चैत्र १३ गते ।
बूढानिलकण्ठ कृषि विकास शाकाले ५०% अनुदानमा विधुतीय स्प्रेयर वितरण गर्न लागेको छ ।
कृषि विकास शाखाको आ.व. ०७८ / ७९ को स्वीकृत (आन्तरीक तर्फको कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा) व्यवसायिक तरकारी खेती गर्ने कृषकहरुका लागि विधुतीय स्प्रेयर वितरण कार्यक्रम रहेको हुँदा नगरपालिका भित्रका ईच्छुक कृषक समूह निजी कृषि फार्म तथा कृषि सहकारी संस्थाहरुका लागि आवश्यक कागजात सहित चैत्र २७ गते भित्र कृषि विकास शाखामा आवेदन दिनु हुन सुचना प्रकाशन गरेको छ ।
कार्यक्रम विवरण
विधुतीय स्प्रेयर वितरण (५०% अनुदानमा)
आवश्यक कागजातहरु
(१) निवेदनका साथ निवेदकको नागरिताको प्रतिलिपि ।
(२) सम्वन्धित वडा कार्यालयको सिफारिस ।
(३) कृषक समूह / सहकारी तथा निजी फार्म दर्ता प्रमाणपत्र प्रतिलिपि ।
(४) कृषक समूह / कृषि सहकारीको तथा निजी फार्मको प्यान तथा कर चुक्ताको प्रतिलिपि
(५) कृषक समूह तथा कृषि सहकारीको निर्णय प्रतिलिपि ।
विस्तृत जानकारीको लागि मोबाईल नंम्बरः ९८६९४१४९४३, ९८४११५०१९६, ९८४३५०४०४९