बूढानीलकण्ठ. चैत्र १३ गते । 

बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा सामुदायिक क्याम्पस समस्या पहिचान र स्तरोन्नति सम्बन्धि चेत्र १२ गते (शनिबार) कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।

नगर प्रमुख उद्दव प्रसाद खरेलको प्रमुख अतित्यथामा भएको गोष्ठिमा नगर उप-प्रमुख रमादेवि राई, प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछाने, युवा खेलकुद तथा शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंह, योजना महाशाखा प्रमुख महेश पाठक, लेखा महाशाखा प्रमुख मिनराज खड्का, विश्वविद्यालय अनुदान आयोग सहायक निर्देशक दुल राज चिमरिया लगायत नगरपालिका अन्तर्गत सञ्चालित बुढानिलकण्ठ क्याम्पस, गणेश बहुमुखि क्याम्पस र कपन बहुमुखि क्याम्पसका पदाधिकारी तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

गोष्ठीमा प्रमुख अतिथि नगर प्रमुख उद्वव प्रसाद खरेलले यस्तो सम्मेलनमा गरिने छलफल र प्राज्ञिक विमर्शबाट प्राप्त हुने निष्कर्षले नगरपालिकामा सामुदायिक क्याम्पसहरुको विगत र बर्तमान अवस्थाको समीक्षा गर्दै यसको भावी दिशावोध गराउने छ भन्नुभयो ।

“क्याम्पसको पुर्वाधार र पठनपाठनले शैक्षिक गतिविधिमा खेल्ने भूमिकाहरुको विश्लेषण गर्दै यहाँको आवश्यकता र स्तरोन्नति गर्नै पर्ने विस्तृत योजना तथा निति कार्यक्रम समेत सम्मेलनबाट पाईने छ भन्ने मैले विश्वास लिएको छु”, उहाँले जोड्नु भयो । आफु पनि शैक्षिक पृष्ठभुमिकै व्यक्तिरहेकोले प्राध्याक देखि प्रधानाध्यापक हुँदा सम्मको अनुभव साट्दै नगरपालिकामा विगत ५ बर्षको अवधिमा शिक्षा क्षेत्रमा भएका महत्वपुर्ण परिवर्तनका किस्साहरु समेत खुलेर प्रसंशा गर्नु भएको थियो ।

अहिलेको आवश्यक्तानै प्राविधिक शिक्षा भएकोले प्राविधिक शिक्षामा केन्द्रित हुन पर्ने कुरालाई प्राथमिकताका साथ उठान गर्दै सहकार्य र समन्वयका लागि नगरपालिका हरदम तयार रहेको प्रमुख खरेलले  प्रतिवद्दता समेत जाहेर गर्नु भएको छ ।

गोष्ठिमा नगरपालिका प्रमुख प्रशासाकिय अधिकृत भुवनेश्वर लामिछानेले उपस्थित सबै क्याम्पसका पदाधिकारी लगायत शिक्षकहरुलाई गोष्ठिको उद्धेश्य, महत्व र उपदेयताबारे प्रकाश पार्नुभयो ।

नगरपालिकामा क्याम्पस भौतिक पुर्वाधार मात्र नभई यहाँको शिक्षण पद्दतिमा हुन पर्ने सम्भावित विकास योजनालाई प्राथमिकतामा राखेर छलफल गर्नुहुन लामिछानेले सबैमा आग्रह गर्नु भएको थियो । उहाँले यहाँको क्याम्पसहरुमा एकै किसिमका पाठ्यक्रमहरु पठनपाठन गर्नु भन्दा उचित विभाजन पद्दतिबाट क्याम्पसहरुलाई पाठ्यक्रमको जिम्मा दिनु पर्ने महसुस गरेको बताउनुभयो ।

यस्तै उपस्थित सबै विद्यालयका प्रतिनिधिहरुले क्याम्पसको हालको स्थिति, समस्या, आवश्यक्ता र भावि योजनाका विषयमा प्रस्तुतिकरण मार्फत छलफल अगाडि बढाउनुभएको थियो ।

सोहि क्रममा बुढानिलकण्ठ क्याम्पस र गणेश बहुमुखि क्याम्पसको मुल समस्या अन्तर्गत “आफ्नै क्याम्पस भवन नभएको” र “प्राविधिक शिक्षा तर्फ विद्यार्थि को आकर्षण गराउनका लागि उचित पाठ्यक्रम विस्तार गर्न नसकेको” लगायतका विषयहरुमा छलफल गरेको थियो । यस्तै कपन बहुमुखि क्याम्पसले निर्माणाधिन अवस्थामा रहेको आफ्नै क्याम्पस भवनमा सिर्जना भईरहेका व्यवस्थापनका समस्याहरुका बारेमा चर्चा गर्यो ।

यस क्रममा क्याम्पसका पदाधिकारीहरुले नगरपालिका तथा अन्य निकायबाट हुन सक्ने आवश्यक सहकार्य तथा समन्वयको खुलेर स्वागत गर्ने समेत बताए ।  यि समस्याहरुको समाधानको निम्ति निति, कार्यक्रम र योजनाहरु निर्माणमा आवश्यक सहयोग गर्न सधै तयार रहेको प्रतिवद्दता समेत जाहेर गरे ।

कार्यक्रममा उपस्थित विश्व विद्यालय अनुदान आयोग सहायक निर्देशक डुलराज चिमौरियाले बूढानीलकण्ठको क्याम्पसहरुलाई नजिकबाट नियालेको अनुभव बताउदैँ हाल सम्म विश्वविद्यालय अनुदान आयोगले गरेको सहयोगबारे प्रस्तुतिकरण मार्फत जानकारी दिनुभएको थियो । उहाँको प्रस्तुतिकरणमा अन्तराष्ट्रिय स्तरको क्याम्पस परिभेषका बारेमा चर्चा गरिएको थियो भने त्यहाँको परिभेषबाट हामिले अपनाउन सकिने सम्भावित क्षेत्रका बारेमा तुलनातमक विश्लेषण समेत गरिएको थियो । सँगै क्याम्पसका शिक्षक र शिक्षार्थिहरुको अन्तरसम्बन्धमा समेत सकारात्मक प्राभाव राख्न सकियो भने पठनपाठन शैलिमा थप विकास हुने र परमपरागत शैलिबाट हामि स्थानान्तरण  हुन सकिने बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय