बूढानीलकण्ठ, चौत्र ११ गते । 

बूढानीलकण्ठ नगर युवा परिषदको आयोजनामा सञ्चालन भएको नमुना नगर युवा संसद अभ्यास सम्पन्न भएको छ । चौत्र १० गते सहभागिहरुले जनप्रतिनिधीहरुको उपस्थितिमा नमुना नगर सभा अभ्यासको प्रस्तुति दिए सँगै ४ दिने कार्यक्रम समापन भएको हो । कार्यक्रममा २८ जना सहभागिहरुले तालिम लिएका छन् ।

नमुना संसदिय अभ्यासको पहलमा युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि बूढानीलकण्ठमा ४ दिने आवसिय नमूना युवा संसद अभ्यास कार्यक्रम संचालन भएको थियो ।

 

 

युवालाई व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस कार्यक्रम सञ्चालन भएको हो ।

यस कार्यक्रममा १६ देखि २४ बर्ष उमेर समुहका विभिन्न वडाबाट २८ जनाले सहभागिता जनाएका थिए । जसमा नमुना युवा संसद विज्ञ संजिब न्यौपाने र रञ्जन पौडलले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रम अन्तर्गत संवैधानिक पदमा रहनुभएका बागमति प्रदेश संसद माननिय दिपक निरौला, नगर प्रमुख उद्धव प्रसाद खरेल र नगर प्रमुख प्रशासकिय अधीकृत भुवनेश्वर लामिछाने लगायतका विशिष्ट व्यक्तित्वहरुले प्रदेश संसदिय प्रक्रिया, नगर सभाको ढाँचा, नगरपालिकाको प्रशासनिक सेवा तथा स्थानीय सरकार ऐनका विषयमा सहाभागिहरुलाई जानकारी मुलक सत्र सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रममा सहभागि बिच बाटनै नगर सभा अभ्यासको लागि नमुना नगर प्रमुख, उप-प्रमुख, वडा अध्यक्ष, कार्यकारी सचिव लगायत विभिन्न समितिका संयोजकहरु निर्वाचन प्रकृयाबाट छनौट भएका थिए । जसमा नगर प्रमुखको पदमा विशाल भट्टराई, उप-प्रमुख पुकार सुवेदि निर्वाचन प्रणालिबाट आएका थिए भने वडा अध्यक्ष, कार्यकारी सचिव तथा अन्य समिति संयोजकहरु निर्विरोध चयन भएका थिए ।

अभ्यास अन्तर्गत सहभागिहरुले नगरपालिका युवा क्षेत्रका विद्यमान परिस्थितिरुका विषय उठान गर्दै त्यस्को समाधानको लागि नमुना निति तथा कार्यक्रम र विधयेक तयार गरि विभिन्न समिति विच छलफल गर्दै प्रचलित नगर सभाको पुर्ण अभ्यास मार्फत पारित गरि कार्यक्रम समापन गरिएको थियो ।

कार्यक्रमको समापन सत्रमा सञ्चालन गरिएको नमुना नगर सभा अभ्यास अन्तर्गत सहभागिहरुले प्रस्तुत गरेका विषय उठान र छलफल भएका निति तथा कार्यक्रमहरुको खुलेर प्रशंसा गर्नु भएको थियो । “सहभागिहरुको प्रस्तुतिकरण, वक्तृत्वकला र क्षमता विकास भएको महसुस भएको छ”, प्रमुख खरेलले जोड्नुभयो, “यो कार्यक्रमले युवाहरुमा उजागर भएको जोस, सिप र क्षमताको उच्च मुल्याङ्कन हुनेछ” ।

सहभागिहरुका अनुसार यस कार्यक्रम मार्फत राज्य, देशको संविधान, सरकारको प्रशासनिक तथा राजनितिक प्रणालिहरुका बारेमा विष्तृत ज्ञान लिन पाएको बताएका छन् । यस सँगै संसदिय अभ्यास गर्दै गर्दा आफुमा भाषण कला, आत्मबल तथा राज्य र राजनितिक ज्ञान-सिपको विकास भएको महसुस गर्दै नगरपालिका र आयोजक समुहलाई धन्यबाद दिएका थिए । यस कसिमका अन्य कार्यक्रमहरु व्यवस्थित रुपमा आयोजना गर्नुहुन समेत नगरपालिका माझ उनिहरुले अनुरोध गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय