
चैत्र ८ गते गरिबी निवारणका लागि लघु उद्यम विकास (मेडपा) अन्तर्गत वडा नं. ०८ का उद्यमीहरूका लागी लघु वित्तमा पहुँच अभिवृद्धि कार्यक्रम संचालन गरिएकाे छ ।
प्रभु बैँक लिमिटेडसँगकाे सहकार्यमा बूढानीलकण्ठ नगरपालिका उद्याेग तथा पर्यटन शाखाद्वारा याे कार्यक्रम संचालन गरिएकाे हाे । कार्यक्रममा मेडपा अन्तर्गत तालिम प्राप्त उद्यमी तथा व्यवसायीहरूलाइ वित्तिय संस्थासम्मकाे पहुँचमा सहजीकरण गराइएकाे छ ।
नगरपालिकामा उद्यम विकास समिती गठन भए पश्चात मेडपा योजनाको काम सुरू भएको हो।
तालिमको पहिलो चरणमा अभिमूखिकरण कार्यक्रम, दोस्रो चरणमा ८ दिने उद्यमशीलता विकास, लैङ्गिक समानता तथा समाजिक समावेशीकरण तालिमको छनौट भएका सबै वडामा तालिम सञ्चालन गरिएको थियो । तेस्रो चरणको प्राविधिक सिप विकासको तालिम अन्तर्गत विभिन्न तालिमहरू जस्तै सिलाई-बुनाई तालिम ,कृषी तालिम तथा अन्य प्राविधीक तालिम विज्ञ प्रशिक्षकहरू द्वारा प्रदान गरिएको थियो ।
आय श्रोत बढाउनका लागी घरैमा बसेर आफै उत्पादन गर्न सक्ने गरि लघु उद्यममा संलग्न गराइ गरीबी निवारणमा सहयोग पुर्याउने मुल उद्देश्य रहेको (मेडपा) अन्तर्गत लघु वित्तमा पहुँच अभिवृद्धि कार्यक्रमबाट उद्यमीहरूले सहजै वित्तिय संस्थासँग समन्वय गर्न पाएकाे बताँउछन् ।