बूढानीलकण्ठ, चौत्र ०७ गते ।
नमुना युवा संसद अभ्यासको पहलमा युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि बूढानीलकण्ठमा ४ दिने आवसिय नमूना युवा संसद अभ्यास कार्यक्रम संचालन भएको छ ।
युवालाई व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस कार्यक्रम सञ्चालन भईरहेको हो ।
कार्यक्रमको आज नगरप्रमुख उद्धव प्रसाद खरेल, उप-प्रमुख रमा देवि राई, नगर प्रवक्ता नवराज भट्टराई, वडा नं ११ अध्यक्ष राजु अधीकारी, वडा नं १२ अध्यक्ष शम्भु भट्टराई, वडा नं १३ अध्यक्ष श्री कृष्ण श्रेष्ठ, नगर युवा परिषद उपाध्यक्ष रुपेश भट्टराई, परिषद सदस्य सरोज धिताल, नेहा न्यौपाने लगायत युवा परिषद अधिकृत भोला ढुङ्गानाको उपस्थितिमा उद्घाटन गरिएको थियो ।
बूढानीलकण्ठ नगर युवा परिषदको आयोजनामा भएको यस कार्यक्रममा १६ देखि २४ बर्ष उमेर समुहका विभिन्न वडाबाट २८ जनाले सहभागिता जनाएका छन् । जसमा प्रशिक्षकको रुपमा नमुना युवा संसद विज्ञ संजिब न्यौपाने र रञ्जन पौडल ले कार्यक्रम अवधिभर सहजकर्ताका रुपमा रहने छन् ।
यसबाट युवालाई नेतृत्व विकास गर्न सहयोग पुग्ने र युवाहरुमा देश र देशको विद्यमान परिस्थितिबारे जागरुक गराउन मद्दत पुग्ने आयोजकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख उद्धव प्रसाद खरेलले नगरपालिकालाई युवा मैत्रि नगर बनाउने विषयमा जोड दिनु भएको थियो । “यस नगरमा भएका युवाहरुको ज्ञान, सीप क्षमता अनुसार उनिहरुको कामको उच्च मुल्याङ्कन मार्फत नगरपालिकाको समृद्धि र विकासमा युवा जागरुकताको आवश्यक परेको हुँदा यस किसिमको कार्यक्रमहरुले निकै महत्व दिने खरेलले जोड्नुभयो, ” युवामा भएको ज्ञान प्रस्फुटन गराई उद्यमशिलता बनाउनका लागि अन्य स्रोत र साधनबाट गर्न पर्ने सबै किसिमका सहयोग गर्न नगरपालिका तयार छ ।”
कार्यक्रमको पहिलो दिन बागमति प्रदेश सभा सदस्य माननिय दिपक निरौलाले सहभागिहरुलाई प्रदेश सभाको सदन अभ्यास बारे प्रशिक्षण सत्र सञ्चालन गर्दै राष्ट्रिय र अन्तराष्ट्रिय सदन अभ्यासहरु बारे जानकारी दिनु भएको थियो ।
यस्तै सोहि कार्यक्रममा नगर उप-प्रमुख रमा देवि राईले स्थानीय तहको न्यापालिकाको काम कारबाहि बारे जानकारी गराउनुभएको थियो । युवाको जगरुकतालाई कदर गर्दै उहाँले युवाको हक अधिकार र यसको संरक्षणको लागि नगरपालिकाले गरेका कामहरुको प्रशंसा समेत गर्नु भयो ।
नगर युवा परिषद कार्यकारी उपाध्यक्ष रुपेश भट्टराईले सहभागिहरुलाई कार्यक्रमको स्वरुप तथा यसले युवाहरुमा हुने नेतृत्व, क्षमता र कौशल व्यक्तित्वको दिर्घकालिन महत्वबारे प्रष्ट पार्नुहुँदै कार्यक्रम अवधिभर सक्रियताका साथ सहभागि जनाउनुहुन अनुरोध गर्नु भएको थियो ।