बूढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाले ५० प्रतिशत लागत साझेदारीमा मध्यम प्रविधियुक्त बहुउदेश्यीय फलफूल नर्सरी स्थापना गर्ने भएकाे छ । 

यस कार्यक्रममा नगरपालिका नगरपालिका भित्रका कृषक, कृषक समूह, कृषि उद्यमी, निजी कृषि फर्म तथा सहकारीहरूले आवेदन दिन सक्ने छन । 

तेस्राे पटक प्रकाशित सुचना अनुसार इच्छुक कृषक, कृषक समूह, कृषि उद्यमी, निजी कृषि फर्म तथा सहकारीहरूले सुचना मितिले ७ दिन भित्र आवेदन दिनु पर्नेछ । 

आवेदनका लागि आवश्यक कागजातहरूः

१. निवेदककाे प्रमाणपत्रकाे प्रतिलिपी

२. सम्बन्धित वडा मार्यालयकाे सिफारिस

३. व्यवसायिक निजी कृषि फार्म / कृषक समूह / कृषि सहकारीहरूले दर्ता गरेकाे प्रमाणपत्रकाे प्रतिलिपी

४. कृषक समूह / कृषि सहकारीकाे हकमा प्यान तथा कर चुक्ताकाे प्रतिलिपी र कृषि सहकारी, समूहकाे निर्णयकाे प्रतिलिपी

५. नरसरी गर्ने जग्गाकाे जग्गाधनी प्रमाण पत्रकाे प्रतिलिपी अथवा जग्गा भाडामा भएमा करार सम्झाैताकाे प्रतिलिपी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय