बूढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाले ५० प्रतिशत लागत साझेदारीमा कृषि संकलन केन्द्र निर्माण कार्य संचालन गर्ने भएकाे छ । यस कार्यक्रम मार्फत नगरपालिका कार्यालयबाट रू. १५ लाख र रू. १५ लाख साझेदार तर्फबाट (कृषक, कृषक समूह, कृषि उद्यमी, निजी कृषि फर्म तथा सहकारीहरू) संकलन गरि निर्माण कार्य गरिने छ ।
यस कार्यक्रममा बूनपा वडा नं. ०२ का कृषक, कृषक समूह, कृषि उद्यमी, निजी कृषि फर्म तथा सहकारीहरूले आवेदन दिन सक्ने छन ।
आवेदनका लागि आवश्यक कागजातहरूः
१. निवेदककाे प्रमाणपत्रकाे प्रतिलिपी
२. सम्बन्धित वडा मार्यालयकाे सिफारिस
३. व्यवसायिक निजी कृषि फार्म / कृषक समूह / कृषि सहकारीहरूले दर्ता गरेकाे प्रमाणपत्रकाे प्रतिलिपी
४. कृषक समूह / कृषि सहकारीकाे हकमा प्यान तथा कर चुक्ताकाे प्रतिलिपी
५. निर्माण गर्ने जग्गाकाे जग्गाधनी प्रमाण पत्रकाे प्रतिलिपी अथवा जग्गा भाडामा भएमा करार सम्झाैताकाे प्रतिलिपी
६. सम्बन्धित साझेदारसंग सम्झाैता गरी सहकार्य गर्नु पर्ने ५० प्रतिशत रकम सम्झाैता गर्नु भन्दा पहिला बूढानीलकण्ठ न.पा. काे बैँक खातामा जम्मा गर्नु पर्नेछ ।
थप जानकारीका लागी बूढानीलकण्ठ नगरपालिका कृषि विकास शाखालाइ सम्पर्क गर्न सक्नु हुनेछ ।