बूढानीलकण्ठ, फागुन २४ गते । बूढानीलकण्ठ नगरपालिकामा ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाईएको छ। “सामाजिक न्याय र लैंगिक समानता : दिगाे विकासको सुनिश्चितता” नाराका साथ नगरपालिका महिला तथा बालबालिका विकास शाखाको संयोजक्त्वमा विशेष समारोह आयोजना गरी मनाईएको हो।

संसारका अन्य देशहरुमा झैं प्रत्येक वर्ष नेपालले पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आएको छ । यहि अवसरमा बूढानीलकण्ठ नगरपालिकामा पनी महिला दिवस मनाउने परम्परालाई निरन्तरता दिन कार्यक्रम आयोजना गरिएको हो।

नगरपालिका प्रांगणमा आयोजित महिला दिवसको समारोहमा मानव अधिकार आयोग सदस्य माननीय लिली थापा, बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्दव प्रसाद खरेल, उप प्रमुख रमा देवि राई, नगरपालिकाका १३ वटै वडाका वडा अध्यक्ष, महिला वडा सदस्य, नगर कमिटि सदस्य, नगरपालिका हरेक शाखाका कर्मचारी, विभिन्न राजनितिक दलका प्रतिनिधी लगायत महिला समाजसेवि, महिला सञ्जाल, महिला समुह र एकल महिला समुहका प्रतिनिधीहरुको बाक्लो उपस्थिति थियो।

महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंसा उन्मूलन जस्ता बिषयहरुलाई थप जोड दिन महिला दिवसको अवसर पारेर यस कार्यक्रम आयोजना गरिएको उप- प्रमुख रमा देवि राईले कार्यक्रममा बताउनु भयो । उप-प्रमुखले महिलाहरुको विकास, सशक्तीकरण तथा रोजगारको लागि नगरपालिकामा बनेका प्रभावकारी योजनाहरुको उदाहरण मुलक जानकारी पनी दिनु भएको थियो।

नगरपालिका प्रमुख उद्दव प्रसाद खरेलले महिला समानताको सोचलाई प्रवर्धन गरी महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्नुहुने सम्पूर्ण श्रद्धेय व्यक्तित्वको स्मरण गर्दै महिला दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो। उहाँले नगरपालिकामा महिला अधिकारका लागी महिला समुह, सञ्जाल गठन गरी विभिन्न माध्यम मार्फत सहयोग गर्दै आएको र महिलालाई आत्म निर्भर बनाउन उद्यमशील बूढानीलकण्ठको परियोजनाहरू निर्माण भएको जानकारी दिनु भएको थियो।

साथै सोहि कार्यक्रम मार्फत नगर प्रमुख खरेलले नगरपालिकामा “एकल महिला सुरक्षा कोष” खडा गरिएको घोषणा समेत गर्नुभयो ।

कार्यक्रमको प्रमुख अतिथि मानव अधिकार आयोग सदस्य माननीय लिली थापा महिला अधीकार र सम्मानलाई थप सुनिश्चित गर्ने अभियानमा निरन्तर लागि पर्नका निम्ति महिलाहरु आफै नेतृत्वदाई भुमिकामा अग्रसर रहनु पर्ने कुरामा जोड दिँदै विगतमा अग्रज महिला अभियान्ताहरुले गरेका कर्णप्रिय र परिवर्तनकारी कार्यहरुको स्मरण गर्नुभएको थियो ।

सोहि दिनको अवसरमा कविता वाचन प्रतियोगिता समेत आयोजना गरिएो थियो । जसमा विभिन्न वडाका प्रतिनिधित्व गर्दै महिलाहरुले आफुले रचेका कविता वाचन गर्नु भएको थियो । सो प्रतियोगितामा उत्कृष्ठ कविता वाचन को उपाधि वडा नं १० ले हात पार्न सफल भयो । कविता वाचन प्रतियोगिताको निर्णायक मण्डलमा नगरपालिका भित्रै बसोबास गर्नुहुने चर्चित साहित्यकारहरुले गरेका थिए ।

कार्यक्रममा उपस्थित विभिन्न महिला समुह लगायत महिला सञ्जाल बाट प्रतिनिधित्व गरेका महिलाहरुले आफ्नो रचनाहरु मार्फत शुभकामना संदेश प्रस्तुत गर्दै महिला दिवसको कार्यक्रमलाई थप रोचक बनाउनु भएको थियो। महिलाहरुले प्रस्तुत गरेका प्रतिभाहरु देशको वर्तमान परीवेशमा घटिरहेका महिला हिंसा, असमानता, विभेद जस्ता विषयहरुमा केन्द्रित थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय