बूढानीलकण्ठ नगरपालिकाको मुख्य पर्यटकिय क्षेत्र डाँडागाँउमा मोटर बाटो निर्माण भएको छ। वडा नं ५ स्थित डाडागाँउको बिच भाग बाट मोटर बाटो निर्माण भएको हो। शिवपुरी राष्ट्रिय निकुञ्जलाई विशेष सौन्दर्य थपिरहेको डाडागाँउ अर्थात पेन्देल वस्तीको गोरेटो बाटोलाई मोटर बाटोमा परिणत गरिएको हो।

करिव १०० घर धुरी भएको यस गाँऊमा मोटर बाटोको उपयुक्त सुबिधा भने थिएन। स्थानीयहरुलाई आवत जावत गर्न कठिन र अप्ठेरो थियो। गाँऊमा कोही बिरामि परेमा हस्पिटल सम्म लानको लागी निकै सास्ति भोग्नु पर्ने अव्स्था रहेको स्थानीयहरुको गुनासो सधै चर्चामा हुने गरेको थियो। नगरपालिकाको सदरमुकाम मानिएको नारायणस्थान सम्म आईपुग्नको लागि २ घण्टा पैदल हिड्नु पर्ने हुन्थ्यो। यिनै समस्याहरुलाई मध्य नजर गरि स्थानीय सरकारको सहयोग र पहलमा गाँउमा मोटर बाटो विकासको योजना बनाईएको वडा अध्यक्ष बिजय तामाङले बताए। बाटो निर्माण भए संगै ति समस्याहरु समाधान गर्न सहज भईरहेको छ, उनले जोडे।

डाडागाउ छिर्ने मुख्य द्वार (शिवपुरी कटेज) देखि ग्रिन भ्याली रिसोर्ट सम्म करीब ५०० मिटर बाटो निर्माण कार्य सक्किसकेको छ। वस्तिको बिच भागमा निर्मित यस बाटोको ढलान र पर्खाल लगाउने कार्य खण्डिकरण गरिएको छ। शिवपुरी कटेज देखि गुम्बा सम्मको १६३ मिटर बाटो तल्लो डाँडागाँऊ मोटर बाटो उपभोक्ता समितिले नगरपालिकाको बिनियोजित बजेट बाट ५० लाख रुपैयामा काम सकाएको छ। गुम्बा देखि उत्तर तिर १२० मिटर लामो मानबहादुर चोक सम्म डाँडागाँऊ मोटर बाटो उपभोक्ता समितिले वडाको पहलमा प्रदेश सरकारको ४० लाख रुपैयामा निर्माण गरेको छ। यस्को अन्तिम खण्ड मानबहादुर चोक देखि ग्रिन भ्यालीको गेट सम्मको २०० मिटर लामो बाटो नगरपलिकाको बजेट ५० लाखमा सक्काएको छ।

 

स्थानीयहरु यस बाटो निर्माण कार्यले ल्याएको विकास देखी धेरै सन्तुष्ट भएको पाईएको छ। बाटो निर्माण प्रकृयामा स्थानीयको सहकार्य पर्याप्त रहेको र बाटो खोल्नको लागि केही स्थानीयहरुले आवश्यक जग्गा पनी उपलब्ध गराई सहयोग गरेको उपभोक्ता समिति र स्थानीय निकाय बिच सहजकर्ताको भुमिकामा रहेका प्राध्यापक दोर्जे तामाङले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय