बूढानीलकण्ठ, फााल्गुण २२ गते । बूढनीलकण्ठ नगरपालिकामा फाल्गुण २३ गतेदेखि २५ गतेसम्म नगरपालिका स्तरीय “दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८” संचालन हुन लागेको छ । प्रतियाेगितामा नगरपालिका स्थित सामुदायिक र संस्थागत २४ वटा माध्मिक विद्यालयहरू सहभागी हुने छन् । 

आज एक पत्रकार सम्मेलन मार्फत प्रतियाेगिताकाे पूर्ण रुपमा तयारी भईसकेको र भोलिबाट सबै खेलहरु क्रमश सञ्चालन हुने आयोजक बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले जानकारी गराएको छ । सबै प्रकारका खेलहरु वडा नं ०५ स्थित बूढानीलकण्ठ स्कुल खेल मैदानमा सञ्चालन हुनेछन् ।

यस प्रतियाेगितामा समावेश गरिएका खेलहरूमा भलिबल (छात्र तथा छात्रा), कबड्डी (छात्र तथा छात्रा), दौडतर्फ ट्रयाक दौड र रिले दौड, उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ छात्र हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ , र मार्सल आर्ट तर्फ तेक्वान्दो रहेका छन् । 

जसअन्तर्गत ४७६ जना छात्र र ३५३ छात्रा सहित ८२९ जना खेलाडिहरुले खेलहरुमा प्रत्यक्ष सहभागिता जनाउने नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा अधिकृत ईन्द्र प्रसाद दाहालले जानकारी दिनु भयो ।

प्रतियोगिताबाट छानिएका उत्कृष्ठ बिद्यालयहरु मध्य सबै खेलहरुको मुल्याङ्कन अनुसार प्रथम हुने विद्यालयलाई ५० हजार जगद सहित शिल्ड र प्रमाणपत्र पुरस्कार दिईने छ । यस्तै दोस्रो लाई ३० हजार र तेस्रोलाई २० हजार नगद सहित ट्रफि र प्रमाण पत्र वितरण गरिने छ ।

साथै समावेश भएका हरेक खेल पश्चात उक्त खेलमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई सोहि स्थानमै मेडल र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता ३ दिन सम्म सञ्चालन हुने भएकोले विद्यार्थिका अभिभावकहरु र नगरपालिकामा बसोबास गर्नुहुने  सबैलाई खेलहरु अवलोकन गर्न आउनुहुन आयोजकले निमन्त्रणा गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय