“हाम्रो रुद्रमती हाम्रो सम्पत्ति, यसको संरक्षण हामी आफै गरौँ” मुल नाराका साथ फागुन २१ गते शनिबारबाट रुद्रमती सरसफाई अभियान सुरू गरिएकाे छ ।
बूढानीलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेल नौलिन भद्रकालि मंदिर बाट बिहान ८ बजे देखि सुरु भई साप्रेढुङ्गा पुलमा समापन भएकाे नगरपालिका वातावरण तथा विपद व्यवस्थापन शाखाले जानकारी दिएको छ ।
धोबिखोला सरसफाई अभियान, रुद्रमती हरियालि संरक्षण समिति र फोहोरमैला व्यवस्थापन संघको संयुक्त आयोजनामा र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा संचालन भएको याे अभियान १० हप्ता सम्म सञ्चालन हुने छ ।
साथै सोहि अभियान अन्तराल भर नजिकका बस्ति, कलकार्खाना र उपस्थित व्यक्तित्वहरु समेतमा “म मेरो बास्थान र कार्यस्थल वरपर सधैँ सफा राख्छु”, “म नदिनालामा फिहोर कहिले पनि फ्याक्दिन”, “रुद्रमती खोला संरक्षणका लागि निरन्तर लाग्नेछु” भन्ने प्रतिवद्धताहरूमा हस्ताक्षेर समेत संकलन गरिने छ ।
यस कार्यक्रकाे उत्घाटन शहरी विकास मन्त्री रामकुमारी झाँक्री र विशेष आतिथि मामनीय गगन कुमार थापाद्वारा गरिएकाे थियाे । कार्यक्रममा नगरप्रमुख उद्धव खरेल र उप प्रमुख रमा देवी राइ, नगर प्रवक्ता तथा वडा नं. १० अध्यक्ष नवराज भट्टराई, वडा नं. ०२ अध्यक्ष राजेन्द्र खड्का, वडा नं ९ कार्यवाहक अध्यक्ष सुमित्रा त्रिपाठि, विद्यार्थीहरू, समाजसेवी तथा अभियान्ताहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।