बूढानीलकण्ठ, फागुन २३ गते । समस्याग्रस्त सहकारी संस्था नयाँ सन्देश वचत तथा ऋण सहकारी पूनः सञ्चालनमा आएको छ ।

बूढानीलकण्ठ नगरपालिका सहकारी शाखाले फागुन २० गते विशेष साधारण भेला कार्यक्रम आयोजना गरी अगुवाई वचतकर्ता हिक्मत (हित) बहादुर मोक्तानको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति गठन गरेर संस्था पूनः सञ्चालनमा आउने निर्णय गरेको छ ।

नगरपालिकामा बिगत ४ बर्ष देखि समस्याग्रस्त रहेको यस संस्थाका भूतपुर्व कार्यसमितिका पदाधिकारी र वचतकर्ता, सेयर सदस्य लगायत ऋण कारोबारीहरु विच हुँदै आएको समस्या समाधान गर्नका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरिएको थियो ।

उक्त समितिको सुझाब अनुसार संस्थागत रुपमा नयाँ संचालक समिति गठन गरि पूनः संचालन गर्न आवश्यक परेको हुँदा ऐन तथा नियम संगत सहकारी कामकार्य सञ्चालन गर्न नव कार्य समिति गठन गरिएको सहकारी शाखा प्रमुख गिता ठगुन्नाले जानकारी दिनु भयो । “यसको लागि सबै सेयर सदस्य र वचतकर्ताहरुको समर्थन रहेको छ”, उहाँले जोड्नुभयो ।

सोहि कार्यक्रममा संस्थाको संचालक समितिलाई नगरपालिकाले अहिले सम्म गरेका काम कार्वाहि र कानुनि प्रयासहरुको  आर्थिक तथा संस्थागत प्रतिवेदन समेत हस्तान्तरण गरिएको थियो ।

नयाँ संचालक समितिको काम कार्वाहि तथा आगामि योजनाहरुको कार्यन्वयनको क्रममा नगरपालिकाले आवश्यक भौतिक, नितिगत तथा कानुनि सहयोग र समन्वय गर्ने प्रतिवद्दता पनि गरेको छ ।

शाखाको आयोजनामा भएको साथारण भेलामा नगर प्रमुख उद्धव प्रसाद खरेल, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछाने, सहकारी शाखा प्रमुख गिता ठगुन्ना, कानुन सल्लाहकार एवं विघठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पूर्व सदस्य छन्द प्रसाद आचार्य, लेखा सदस्य एवं विघठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पूर्व सदस्य राधाकृष्ण भण्डारी , नगर सहकारी संयोजक मीठाराम अधिकारी, लेखा सहल्लाहकार राधा कृष्ण भणडारी लगायत ५३६ जना शेयर सदस्यहरु तथा वचत कर्ताहरुको उपस्थिति रहेको थियो ।

नयाँ कार्य समिति

सञ्चालक समिति

हित बहादुर मोक्तान – (अध्यक्ष)

प्रदिप खत्रि- (उपाध्यक्ष)

पुन्य प्रसाद सुबेदि- (सचिव)

सिद्धि साहि- (कोषाध्यक्ष)

राम बहादुर श्रेष्ठ- (सदस्य)

माया तामाङ- (सदस्य)

बिष्णु साहि ठकुरी- (सदस्य)

लेखा समिति

राजकुमार सुबेदि

राजकुमारी श्रेष्ठ

उर्मिला तामाङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय