बूढानीलकण्ठ, फागुन २० गते । “हाम्रो रुद्रमती हाम्रो सम्पत्ति , यसको संरक्षण हामी आफै गरौँ” भन्ने मुल नाराका साथ फागुन २१ गते शनिबार (भोलि) रुद्रमती सरसफाई अभियान संचालन हुन लागेको छ ।
हाम्रो अमुल्य सम्पदा रुद्रमतीको संरक्षण गर्नु हाम्रो कर्तव्य भएकोले यस क्षेत्रलाई सुन्दर र सफा राख्ने अभियानमा सबै जना एक जुट भई सहभागि जनाउनुहुन नगरप्रमुखले सार्वजनिक अपिल गर्नु भएको हो ।
अभियान चुनिखेल नौलिन भद्रकालि मंदिर बाट बिहान ८ बजे देखि सुरु भई साप्रेढुङ्गा पुलमा समापन हुने नगरपालिका वातावरण तथा विपद व्यवस्थापन शाखाले जानकारी दिएको छ ।
धोबिखोला सरसफाई अभियान, रुद्रमती हरियालि संरक्षण समिति र फोहोरमैला व्यवस्थापन संघको संयुक्त आयोजनामा र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा संचालन हुन लागेको अभियान १० हप्ता सम्म सञ्चालन हुने छ ।
साथै सोहि अभियान अन्तराल भर नजिकका बस्ति, कलकार्खाना र उपस्थित व्यक्तित्वहरु माझ “ म मेरो बास्थान र कार्यस्थल वरपर सधैँ सफा राख्छु । म नदिनालामा फिहोर कहिले पनि फ्याक्दिन । रुद्रमती खोला संरक्षणका लागि निरन्तर लाग्नेछु” भन्ने प्रतिवद्धतामा हस्ताक्षेर समेत संकलन गरिने छ ।