
बूढानीलकण्ठ, फागुन १५ गते । बूढानीलकण्ठ नगरपालिका पशु सेवा शाखाले ५० % अनुदानमा ‘काउ म्याट’ COW MAT वितरण गरेको छ । बुधबार एक कार्यक्रम आयोजना गरी किसानहरुलाई नगरपालिका आर्थिक विकास समिति संयोजक दुर्गा थापा र पशु सेवा शाखा प्रमुख काजि बहादुर श्रेष्ठको उपस्थितिमा सामाग्री वितरण गरिएको हो ।
नगर भित्रका किसानहरुलाई दुध, फूल, मासुमा आत्म निर्भर गराउने पशु सेवा शाखाको लक्ष्य अन्तर्गत किसानहरुको कृषी तथा पशुपंक्षि पालन व्यवसायलाई प्रोत्साहन गर्न ११३ वटा काउ म्याट वितरण गरिएको पशु सेवा शाखा प्रमुख काजी श्रेष्ठले जानकारी दिनु भएको छ ।
नगरपालिकामा गाई पालन र पशुपालन व्यवसायमा संलग्न व्यवसायलाई यस सामाग्रीहरुले थप व्यवस्थित गर्न मद्दत पुग्ने भएको छ ।
अव्यवस्थित गाईपालनमा हुने गरेको किटानु तथा किरा आतङ्कहरुले गाईहरुमा विभिन्न रोग सिर्जना हुने समस्या यस काउ म्याट ले न्युनिकरण गर्ने किसानहरुको बुझाँई छ ।
पशु सेवा शाखा को २०७७\७८ बार्षिक स्विकृत कार्यक्रम अन्तर्गत नगरपालिका भित्र सञ्चालन भईरहेका कृषी तथा पशुपंक्षी फर्महरुलाई काउ म्याट र ‘टियोसेन्टि’ बर्षे घाँस को बिउ उपलब्ध गराउन माघ महिनामा प्रस्ताव आव्हान गरेको थियो ।
आएका प्रस्तावहरु मध्यका व्यवसायीक संस्थाहरुको अवस्था नगरपालिका अनुगमन टोलि र पशु सेवा शाखाले संयुक्त रुपमा अनुगमन गरे पछि पास भएका २८ वटा कृषी तथा पशुपंक्षी संस्थाहरुलाई सामाग्री वितरण गरिएको हो ।