यहि फाल्गुण २३ गतेदेखि २५ गतेसम्म नगरपालिका स्तरीय “दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८” संचालन हुन गइरहेकाे छ । यस प्रतियाेगितामा नगरपालिका स्थित सामुदायिक र संस्थागत माध्मिक विद्यालयहरू सहभागी हुन सक्ने छन । 

यस प्रतियाेगितामा समावेश गरिएका खेलहरूमा भलिबल (छात्र तथा छात्रा), कबड्डी (छात्र तथा छात्रा), दौडतर्फ ट्रयाक दौड र रिले दौड, उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ छात्र हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ , र मार्सल आर्ट तर्फ तेक्वान्दो रहेका छन । 

प्रतियाेगिताकाे तयारी सम्बन्धमा २०७८ फाल्गुन १६ गते ३ बजे बूढानीलकण्ठ आवासीय विद्यालयमा पत्रकार सम्मेलन हुन गइरहेकाेले यस सुचनाका मार्फत स्थानीय संचार गृहरूलाइ हार्दिक आमन्त्रित गरिएकाे छ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय