काेभिड-१९ लगायतका महामारी तथा विपद व्यवस्थापनमा स्वास्थयकाे भूमिका रहेमा, RRT स्वास्थयकर्मी समूहलाई परिचालन गर्ने याेजना बनेकाे छ । चिकित्सक सहितकाे नगरपालिका स्तरीय द्रुत प्रतिकार्य टाेली (Rapid Response Team-RRT) काे गठन २०७६ मंगसिर ८ गते भएकाे थियाे ।
याे याेजना बनाउनका लागि नगरपालिकाकाे जनस्वास्थय महाशखाद्वारा यहि माघ १३ र १४ मा, २ दिने कार्यक्रम आयाेजना गरिएकाे थियाे । यस कार्यक्रममा १६ जना स्वास्थय चाैकी प्रमुख, ९ जना RRT स्वास्थयकर्मी लगायत नगरपालिकाकाे जनस्वास्थय महाशखाका कर्मचारीहरूकाे सहभागीता रहेकाे थियाे । पहिलाे दिन विभिन्न महामारीजन्य राेगहरूकाे बारेमा अभिमुखीकरण कार्यक्रम, महामारी भएमा त्यसलाई प्रतिक्रिया गर्ने तरिकाहरूकाे बारेमा विस्तृत छलफल भएकाे थियाे । कार्यक्रमकाे दाेस्राे दिन, महामारीकाे पूर्व तयारी, अवस्था, र महामारी भएपश्चात चालिनु पर्ने कदमहरूलाई विशेष जाेड दिइ RRT स्वास्थयकर्मीरूले महामारी राेगकाे राेकथाम, नियन्त्रण र व्यवस्थापन सम्बन्धी कार्य याेजनाकाे मस्याैदा तयार पारेका थिए ।
काेभिड-१९ काे महामारी व्यवस्थापन, राेकथाम तथा नियन्त्रणका विषयमा भएका चुनाैतीहरूलाई मध्यनजर गर्दै, भविष्यमा हुन सक्ने महामारीजन्य राेगहरूकाे राेकथाम, नियन्त्रण, तथा निग्रहानी गरी नगरबासीहरूलाई सेवा प्रदान गर्नका लागि स्वास्थयकर्मीहरूसँग अन्तर्क्रिया समिक्षा गरि सम्बन्धित याेजना बनाएकाे जनस्वास्थय महाशखाकाे प्रमुख कुमार प्रसाद दहालले जानकारी दिनुभएकाे छ ।