बूढानीलकण्ठ, फागुन ०६ गते ।

बूढानीलकण्ठ नगरपालिकामा कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन भईरहेकोले सम्पुर्ण नगरवासीहरुलाई खोप लगाउनुहुन नगरपालिकाले अनुरोध गरेको छ।

नगरपालिकामा हाल सम्म खोप नलगाएका र खोपको अतिरिक्त मात्रा लगाउन छुटेका १६ वर्ष देखि माथिका व्यक्तिहरुलाई नगरपालिकाले तोकेका खोप केन्द्रहरुमा गई खोप लगानुहुन नगर प्रमुख उद्दव प्रसाद खरेलले अपिल गर्नु भएको छ ।

नगरवासीहरु कोहि पनि नछुटिउन र कसैलाई पनि खोपको अभाव महसुस नहोस् भन्ने उद्देश्यका साथ खोप अभियान निरन्तर सञ्चालन भईरहेको छ । त्यसैले सबै नगरवासि दाजु-भाई तथा दिदि-बहिनिहरुले खोपको पुर्ण मात्रा लगाई कोभिड-१९ विरुद्धको खोप अभियानमा साथ दिनुहुन प्रमुख खरेलले सम्पुर्णमा आग्रह गर्नु भएको हो ।

खोप केन्द्रहरुः

१. शिवपुरि हेल्थ केयर सेन्टर, हात्तिगौँडा-०७

२. महाँकाल स्वास्थ्य चौकि, गल्फुटार -०८

३. कपन स्वास्थ्य चौकि, कपन-११

४. नगर अस्पताल, डिट्ठाचेर, कपन-१०

नगरपालिका जनस्वास्थ्य महाशाखाको अनुसार हाल लाई खोप अभियान फागुन १० गते सम्म ४ वटा खोप केन्द्रहरुमा सञ्चालन हुनेछ ।

त्यस पश्चात फेरी पनि अभियानलाई निरन्तरता दिन नेपाल सरकार स्वास्थ्य मंत्रालयमा आवश्यक खोपको माघ गरेको महाशाखाले जनाएको छ । खोप प्राप्त हुनासाथ अभियान शीघ्र सञ्चालनमा आउने महाशाखा प्रमुख  कुमार प्रसाद दहालले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय