बूढानीलकण्ठ, फागुन ०५ गते । बूढानीलकण्ठ नगरपालिका सहकारी शाखाले समस्याग्रस्त नयाँ सन्देश सहकारी संस्थाका सेयर सदस्य र बचतकर्ताहरुको लागि अत्यन्त जरुरी सुचना जारी गरेको छ ।
सहकारी समितिको माघ २६ गतेको निर्णय अनुसार नयाँ सन्देश बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ता तथा शेयर होल्डरहरु बाट संचालक समिति गठन गर्नुपर्ने भएकोले फागुन २० गते सम्पुर्ण बचत कर्ता तथा शेयर होल्डरहरुलाई आफ्नो शेयर प्रमाण पत्र सहित भेलाको लागि उपस्थित हुन सूचना प्रकाशित गरिएको हो ।
भेलाको लागि स्थान र समयः
स्थानः बूढानीलकण्ठ पार्टि प्यालेस, नारायणस्थान -०३
मितिः फागुन २० गते
समयः बिहान १० बजे
सम्पर्क नंम्बरः ९८४३६८५३८४\९८४११०११२५
बुढानीलकण्ठ नगरपालिका सहकारी ऐन, २०७५ र सहकारी नियमावली २०७७ बमोजिम समस्याग्रस्त सहकारी व्यवस्थापन समिती गठन शाई साविक काठमाण्डौ जिल्ला विष्णु बुढानीलकण्ठ गा.वि.स वडा नं. ९ हाल बुढानीलकण्ठ नगरपालिका वडा नं. ५ मा रहेको नयाँ सन्देश बचत तथा ऋण सहकारी संस्थाको प्रतिवेदन तयार भई उक्त प्रतिवेदनको लेखापरीक्षण समेत भईसकेको छ ।