सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।
सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।।
नीलोत्पल–धरां वामे , दक्षिणे वरदां शुभाम् ।
खड्ग–चर्मधरां चोध्र्वं वामदक्षिणयोः क्रमात ।।
चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् ।
एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।।

अर्थात :सुनको जस्तै दिब्य पित वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्पझैं प्रसन्न मुख मण्डल भएकी, विविध आभुषण हरुले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड् ,चर्म र नीलोत्पल धारण गरेकी, चारबाहु भएकी,यस्ती श्री स्वस्थानी माताको हृदयमा ध्यान गर्दछु ।

नेपालका हिन्दु धर्मालम्बिहरुले अत्यन्त श्रद्धाका साथ मनाउने स्वस्थानी ब्रतपूजा आजबाट समापन भएको छ । पौष शुल्क पूर्णिमाका दिन आरम्भ झै माघ शुक्ल पूर्णिमाका दिन सम्म चल्ने यो ब्रतकथा हिन्दु नारिहरुको ब्रत साथै घर घरमा स्वस्थानी कथा पाठ र श्रवण गरि मनाईने गरिन्छ ।

सतीदेवीको अंग पतन भएका बिभिन्न शक्ती पिठ र महादव मन्दिरहरुमा मेला लाग्ने यो धार्मिक पर्वको अवसरमा बूढानीलकण्ठ वडा नं ०४ पासिकोट स्थित पुरातात्विक र धार्मिक महत्व रहेको धन्य-डिकुरो अर्थात धनेश्वर मंदिरमा पनि स्वस्थानी कथा प्रवचन सुरु भएको थियो ।

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायण पछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ ।

धन्यढिकुरो क्षेत्र संरक्षण तथा पुनःनिर्माणमा सक्रियताका साथ लागि परिरहेको धन्यढिकुरो सरोकार समितिको आयोजनामा भएको सो कार्यको आज समापन गरिएको छ । सो अन्तराल भर धन्यढिकुरोको नवः निर्मित कुटिमा दैनिक ब्रत कथा पाठ हुने गरेको थियो ।

धार्मिक आस्था र भौगोलिक विशिष्टता रहेको यस क्षेत्रमा पुरातात्विक महत्व र ईतिहास लोप हुँदै गएको अवस्थामा यसको संरक्षण गर्दै पुनःनिर्माणमा विशेष ध्यान दिदैँ आएको सरोकार समितिले जनाएको छ ।  यस क्षेत्रमा थप संरचनाहरु निर्माण गर्दै यहाँ रहेका घाट, छेउमै बग्ने विष्णुमति नदि र घनेश्वर मंदिरको व्यवस्थापनको लागि स्थानीय सरकार सँग छलफल भईरहेको समिति अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनु भयो ।

व्रत कथा प्रवचनको समापन कार्यक्रममा सोहि क्षेत्रका राजनितिज्ञ एवं राजनितिक दलका प्रवक्ता डा. राम सरण महत, वडा अध्यक्ष राजु खड्का, वडा सदस्य श्री राम के.सी., पुर्व गा.वि.स. अध्यक्ष विष्णु बहादुर के.सी. लगायत समाजसेविहरुले धनेश्वर महादेवको दर्शन गरेका थिए ।

प्रत्यक वर्ष पौषशुक्ल पूर्णिमाका दिन देखी यस ब्रतको सुरुवात हुन्छ । पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीको दिन देखी नै दुबै हात खुट्टाका नङ्हरू काटी, पवित्र भएर हविष्य ( दुध दहि, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादी सात्वीक पदार्थहरू ) भोजन ग्रहण गरी श्री स्वस्थानी माताको स्थापना–पूजा गर्ने ठाउँ को सरसफाई लिपपोत इत्यादी गर्नु पर्दछ । ब्रत गर्नेले त्यसै दिन देखी ब्रत नसकिदा सम्म पलङ् र खाटको पनि त्याग गरी भूमिमा शयन गर्नु पर्दछ । एकछाक मात्र सात्विक भोजन ग्रहण गर्नु पर्दछ । ब्रत नसकिदा सम्म ब्रतालु पुरुष भए रौं काट्न पनि हुदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय