बूढानीलकण्ठ, फागुन ०१ गते । बूढानीलकण्ठ नगरपालिकामा कोभिड-१९ विरुद्धको खोप JANSSEN (J&J) बुस्टर डोज फागुन ०१ गते (आज) बाट सुरु भएको छ ।
नगरपालिका जनस्वास्थ्य महाशाखाको जारी सुचना अनुसार Janssen(J&J) खोप प्राप्त गरेको ६ महिना पुरा भएका १८ बर्ष भन्दा माथिका व्यक्तिहरुलाई WHO SAGE (Strategy Advisory Group of Experts on immunization) को सिफारिस अनुसार कोभिसिल्ड अथवा Astrazeneca खोप लगाउनुहुन अनुरोध गरिएको छ ।
खोप कार्यक्रम फागुन ०१ देखि फागुन १० गते सम्म सञ्चालन हुनेछ ।
खोप केन्द्रहरुः
१. शिवपुरि हेल्थ केयर सेन्टर, हात्तिगौँडा-०७
२. महाँकाल स्वास्थ्य चौकि, गल्फुटार -०८
३. कपन स्वास्थ्य चौकि, कपन-११
४. नगर अस्पताल, डिट्ठाचेर, कपन-१०