Global Action Nepal (GAN) र श्री गणेश माध्यमिक विद्यालयसँगकाे समवन्यमा बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले “नमुना माध्यमिक विद्यालय सम्बन्धि ३ दिने कार्यशाला गाेष्ठि” संचालन गरेकाे छ । 

माघ २७ गतेका दिन नगरप्रमुख खरेलद्वारा कार्यक्रमकाे उत्घाटन गरिएकाे यस कार्यक्रममा २७ जना शिक्षक, विद्यालय व्यवस्थापन समितिका २ प्रतिनिधी, २ विद्यार्थी प्रतिनिधी, २ अभिभावक तथा जन प्रतिनिधिहरू गरी ४० जना सहभागी रहेका छन । 

नगरकाे दिर्घकालिन विकासकाे लागि शिक्षा विकास महत्वपूर्ण क्षेत्र भएकाेले “सर्वसुलभ, गुणस्तरीय  जीवन उपयाेगी शिक्षा” काे सार्थक कार्यान्वयनकाे लागि नगरपालिकाले शिक्षा क्षेत्रका निती अन्तर्गत रहि याे कार्यक्रम संचालन गरिएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय