बूढानीलकण्ठ, माघ २५ गते ।  बूढानीलकण्ठ नगरपालिका निवर्तमान प्रमुख प्रसाशकिय अधिकृत राजेन्द्र कार्किलाई बिदाई गरिएको छ । सरकारको निर्णय अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय(अतिरिक्त समुह) मा सरुवा हुनुभएको कार्किलाई नगरपालिकाबाट बिदाई गरिएको हो ।

कार्किको स्वास्थ्य समस्याका कारण स्थगित भएको बिदाई कार्यक्रम सोमबार एक औपचारीक कार्यक्रम मार्फत सञ्चालन गरिएको कर्मचारी हकहित समिति अध्यक्ष एवं राज्श्व शाखा प्रमुख अच्युत खड्काले जानकारी दिनुभयो ।

उक्त बिदाई तथा स्वागत कार्यक्रममा नगर प्रमुख उद्धव खरेल , वडा नं ०६ अध्यक्ष नविन के.सि., वर्तमान प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछाने, प्रशासन महाशाखा प्रमुख केदार कुमार खड्का लगायत नगरपालिका विभिन्न महाशाखा\ शाखा प्रमुख तथा कर्मचारीहरुले निवर्तमान प्रमुख प्रशासकिय अधिकृतहरुलाई  फुलमाला का साथ बिदाई गरेका थिए ।

बिदाई तथा स्वागत कार्यक्रममा नगर प्रमुख उद्दव प्रसाद खरेलले कार्किलाई आगामी कार्यकाल सुखद् रहोस भन्ने कामना सहित उत्तरोत्तर प्रगतिको शुभकामना दिनु भएको थियो ।

करिब १० महिना बूढानीलकण्ठ नगरपालिकामा कार्यरत राजेन्द्र कार्कि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय(अतिरिक्त समुह) मा सरुवा हुनुभएको छ । कार्किको कार्यकालमा नगरपालिका शाखा कर्मचारी देखि स्थानीय जनप्रतिनिधी लगायत सेवाग्राहि सबै लाई व्यवस्थित गर्दै एक सफल नेतृत्वको उदाहरण प्रकाश पार्नु भएको थियो । उहाँको काम प्रति सरोकारवालाहरु सबै सन्तुष्ट रहेको आम नगरपालिकाको बुझाँई छ ।

कार्किको सरुवा भए सँगै गत माघ ०२ गते नयाँ प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछानेलाई स्वागत गरिएको थियो । हाल भुवनेश्वर लामिछानेले उक्त पदमा रहेर कार्य सम्पदान गरिरहनु भएको छ ।

यो पनि पढ्नुहोस् – बूढानीलकण्ठ प्रमुख प्रशासकिय अधिकृतमा भुवनेश्वर लामिछानेलाई स्वागत – Budhanilkantha News

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय