बूढानीलकण्ठ, माघ २३ गते । बूढानीलकण्ठ नगरपालिकामा ‘मेरो विद्यालय मेरो सपना (MY SCHOOL MY DREAM)’ अभियानको प्रारम्भ भएको छ ।

नगरपालिका शिक्षा महाशाखाको नेतृत्वमा नगरपालिकाका सामुदायिक विद्यालयहरुको शैक्षिक तथा भौतिक स्तरोन्नति गर्ने मुल उद्देश्यका साथ यस अभियान सुरु भएको हो । अभियानमा नगरपालिकाका १९ विद्यालय र विभिन्न शैक्षिक संघ\संस्थाहरुको संलग्नता रहेको छ । अभियानको माघ २१ गते एक विशेष कार्यक्रम आयोजना गरी प्रारम्भ गरिएको थियो ।

नगरपालिकाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर, शिक्षण विधि, भौतिक संरचना लगायत व्यवस्थापनमा गर्न सकिने सम्भावित परिवर्तनकारी परियोजनाहरु निर्माण गरी शिघ्र सञ्चालन गर्न यस अभियान विशेष केन्द्रित रहेको शिक्षा महाशाखाले जनाएको छ ।

यस अभियान अन्तर्गत विद्यालयहरुले आफ्नो विद्यालयका कक्षा कोठाको शिक्षण सिकाई, शैक्षिक पाठ्यक्रम, शिक्षणको माध्यम भाषा, पाठ्यपुस्तकमा सुधार लगायत सूचना प्रविधिको प्रयोग जस्ता आयामहरुको स्तरोन्नतिका लागि गुरु योजनाहरु निर्माण गर्न पर्नेछ ।

माघ २१ गते सञ्चालन भएको अभियानको प्रारम्भिक चरणको कार्यक्रममा नगरपालिका, १९ वटा सामुदायिक विद्यालय र शैक्षिक संस्थाहरु विच अभिमुखिकरण गराईएको छ । जसमा सरोकारवालाहरु माझ यस अभियानको उद्देश्य र उनिहरुको भूमिकाबारे छलफल भएको शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंहले जानकारी दिनु भयो ।

विद्यालयहरुलाई एक हप्ता भित्र आफ्नो गुरुयोजनाहरु तयार गरी नगरपालिकामा प्रस्तुत गर्नुहुन सबैमा निर्देशन समेत दिईएको छ, सिंहले जोड्नुभयो ।

अभियानको सुभारम्भ कार्यक्रममा उपस्थित नगर प्रमुख उद्दव प्रसाद खरेलले प्रभावकारी जिवन उपयोगि शिक्षण अभ्यासको सिर्जना गर्न यस अभियानले मद्दत गर्ने आशा राखेको बताएका छन् । अभियान मार्फत सामुदायिक विद्यालयका शैक्षिक लगायत भौतिक गुणस्तर समेत स्तरोन्नति हुने भएकोले शैक्षिक उपलब्धिबाट आत्मनिर्भर हुन सक्ने असल नागरिक उत्पादन गर्ने नगरपालिकाको लक्ष्यलाई टेवा पुगेको उहाँले जानकारी दिनुभयो ।

गुरुयोजनाहरु निर्माण गर्नका लागि आवश्यक्ता अध्ययन, अनुसन्धान र रणनितिक योजनाहरु तयार गर्न नगरपालिका अन्तर्गत रहेका विभिन्न शैक्षिक संघ\संस्थाहरुले सहकार्यको भुमिका खेल्ने छन् ।

यस अभियानमा सहकार्य भुमिका खेल्न नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा सहकार्यका कार्यक्रमहरु सञ्चालन गरिरहेका कोल्याबोरेटिभ स्कुल्स नेपाल (Collaborative Schools Nepal), कार्खाना(Karkhana), चेन्जिन्ङ स्टोरिज नेपाल (Changing Stories Nepal), ग्यान (GYN), चाईल्ड नेपाल (Child Nepal) लगायत CERIN जस्ता शैक्षिक संघ संस्थाहरु तयार रहेको जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय