बूढानीलकण्ठ, माघ २१ गते । बूढानीलकण्ठ नगरपालिकामा यस अघि फाईजर (P-Fizer-Bio-N-Tech) खोप लगाएका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई खोपको दोस्रो मात्रा माघ २६ गते बाट लगाईने भएको छ ।
दोस्रो मात्रा खोप नगरपालिका अन्तर्गत रहेका सामुदायिक र निजी विद्यालयहरुमा सञ्चालन भएका पहिलेकै केन्द्रहरुमा सञ्चालन हुने हुँदा सोहि विद्यालयमा गई खोप लगाउनुहुन सम्पुर्णमा नगरपालिकाले अनुरोध गरेको छ ।
साविककै खोप केन्द्रबाट खोप कार्यक्रम संचालन गर्न आफ्नो कार्यक्षेत्र अन्तर्गत रहेका विद्यालयहरुले जनस्वास्थ्य महाशाखा सँग समन्वय गरी खोप कार्य तालिका बनाई खोप कार्यक्रम संचालन गर्नुहुन सम्पुर्ण विद्यालयहरुमा नगरपालिकाले निर्देशन दिएको छ ।
यस अघि सञ्चालन भएका खोप केन्द्रहरुको विवरण र अन्य जानकारीको लागि यो लिङ्कमा थिच्नुहोस्ः पौष २७ गते बाट बालबालिकाहरुलाई Pfizer खोप लगाईने (खोप केन्द्र तालिका सहित) – Budhanilkantha News