बूढानीलकण्ठ, माघ १० गते । बूढानीलकण्ठ नगरपालिकामा कोभिड-१९ विरुद्धको खोप कोभिसिल्ड ‘बुस्टर डोज’ माघ १४ गतेबाट सञ्चालन हुन लागेको छ ।
कोभिसिल्ड खोपको पहिलो र दोस्रो मात्रा लगाई ६ महिना पूरा भई सकेका व्यक्तिहरुलाई नगरपालिकाको २ वटा खोप केन्द्रमा कोभिसिल्ड खोपको बुस्टर डोज अभियान सञ्चालन हुन लागेको नगरपालिका जनस्वास्थ्य महाशाखाले सुचना जारी गरेको हो ।
खोप केन्द्रको विवरणः
१. खोपः कोभिसिल्ड बुस्टर डोज
खोप केन्द्रः शिवपुरी हेल्थ केयर सेन्टर प्रा. लि., हात्तिगौडा, वडा नं. ७
लक्षित समुहः १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरुलाई
मितिः २०७८।१०।१४ देखी २२ गते सम्म
२. खोपः कोभिसिल्ड बुस्टर डोज
खोप केन्द्रः महाँकाल स्वास्थ्य चौकि, गोल्फुटार, वडा नं ०८
लक्षित समुहः ६० वर्ष उमेर माथिका व्यक्तिहरुलाई
मितिः २०७८।१०।१४ देखी २२ गते सम्म
थप जानकारीको लागि यि व्यक्तिहरुलाई सम्पर्क गर्नुहुन नगरपालिका जनस्वास्थ्य महाशाखाले अनुरोध गरेको छ ।
१.नामः लिलाधर भूषाल, गेहेन्द्र प्रसाद मिश्र
सम्पर्क नं. ९७४१०२७७९९ ,९८५१०७८४४२
२. नाम: मञ्जु वस्नेत
सम्पर्क नं. ९८४१६७७०३२