बूढानीलकण्ठ, माघ ०८ गते । बूढानीलकण्ठ नगरपालिकाको कार्यालय हात्तिगौँडामा सेवा लिनका लागि नगरपालिकाले खोप कार्ड अनिवार्य गरेको छ ।

बूढानीलकण्ठ नगरपालिकाको कार्यालयले सुचना जारी गर्दै कार्यालयमा सेवा लिनको लागि पाल्नुहुने सम्पूर्ण सेवाग्राहिहरुको लागि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को नयाँ भेरियण्ट ओमिक्रोन सहितको संक्रमण तीव्र रुपमा बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै संक्रमण नियन्त्रणको हेतुले मिति २०७८/१०/०९ गतेदेखि यो नियम सुचारु गरेको हो ।

कार्यालयमा प्रवेश गर्नुहुने सम्पूर्ण सेवाग्राही महानुभावहरुलाई अनिवार्य रुपमा कोभिड १९ संक्रमण विरुद्धको खोप कार्ड देखाएर मात्र कार्यालय प्रवेश गराइने भएकोले सो व्यहोरा अवगत गरी नगरपालिका तथा अन्तर्गतका कार्यालयबाट सेवा लिने क्रममा कोभिड १९ संक्रमण विरुद्धको खोप कार्ड अनिवार्य रुपमा साथमा लिएर आउनु हुन सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति सम्पूर्ण नगरपालिका परिवार क्षमाप्रार्थी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय