बूढानीलकण्ठ, माघ ०७ गते ।  बूढानीलकण्ठ नगरपालिकले राष्ट्रिय परिचयपत्र वितरणका लागि दर्ता सुरु गर्न लागेको छ ।

नगरपालिकामा माघ ०९ गते बाट दर्ता अभियान सुरु हुने भएकोले नगरपालिकाका स्थायी बासिन्दा तथा तत्काल विद्युतिय राहदानी बनाउन आवश्यक भएका नागरिकहरुले आवश्यक कागजातको साथ अहिलो अवस्थालाई मध्यनजर गर्दै उच्च स्वास्थ्य मापदण्ड पालना गरी आफ्नो उपस्थिती जनाई विवरण पेश गराउनु हुन सबैमा नगरप्रमुख उद्धव प्रसाद खरेलले अनुरोध गर्नु भएको छ ।

सरकारले सबै नागरिकको व्यक्तिगत तथा जैविक विवरण डिजिटल अभिलेख गर्दै सबै खाले सेवा प्रवाह छिटो छरितो रूपमा गर्न तथा विद्युतीय सुशासन कायम गर्ने उद्देश्य अनुसार राष्ट्रिय परिचय पत्र वितरणको अभियान थालिएकोले नगरपालिकाका सबै नागरिकको अभिख कायम गराउनुपर्ने प्रमुख खरेलले बताउनुभयो ।

परिचयपत्रका लागि आवेदन फारामभर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औँलाछाप (१० वटा), आँखाको नानी, तस्बिर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ ।

यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रुपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । सामाजिक सुरक्षा कार्डका रुपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ ।

थप जानकारीः

विवरण प्रविष्ट कार्य सञ्चालन हुने मितिः २०७८/१०/०९ गते देखि

समयः सार्वजनिक बिदाको दिनबाहेक कार्यालय खुल्ने दिन कार्यालय समय भित्र ।

स्थानः बूढानीलकण्ठ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हात्तिगौंडा, काठमाडौं ।

विवरण प्रविष्ट गर्न आउँदा निम्न कागजातहरु साथमा लिएर आउनुहुन अनुरोध छः

  • नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
  • नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेकोमा सो खुल्ने प्रमाणपत्र
  • बसाइँ सराइ गरेको हकमा सोको सक्कल प्रमाणपत्र
  • बाबुआमाको सक्कल नागरिकताको (प्रमाणपत्र उपलब्ध भएसम्म)
  • विवाहिताको हकमा नागरिकतामा पति वा पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र वा नाता खुल्ने प्रमाणको सक्कल
  • राहदानी लिएकाहरुको हकमा सक्कल राहदानी

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय