सरकारको निर्णय अनुसार कोभिड खोपको बूस्टर मात्रा आइतबारदेखि वितरण गर्न थालिएको छ । गत वर्ष फागुनमा वितरण थालिएयता पूर्ण मात्रा खोप लगाइसकेको ६ महिना पूरा गरेका मानिसलाई अहिले बूस्टर डोज दिन लागिएको हो ।
पहिलो चरणमा बूस्टर खोप अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूलाई दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अग्रपङ्क्तिमा रहनेमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहन चालक, महिला स्वयंसेविक, विमानस्थलमा खटिने कर्मचारी, सरकारी कार्यालयका कर्मचारी, सामुदायिक सेवा प्रवाह गर्ने सङ्घसंस्थाका कर्मचारी, ब्याङ्किङ क्षेत्रका कर्मचारी, सञ्चारकर्मी, पत्रकार, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई मानिएको छ।
पहिला खोप लगाएको कार्डका आधारमा त्यही खोप बूस्टर डोजका बेला दिईन्छ ।
सरकारले बूस्टर डोज काठमाडौं १९ अस्पतालका खोप केन्द्रहरु मार्फत सञ्चालन गरेको छ ।
हेर्नुहोस् कहा कहा लगाईदैँ छ बूस्टर डोजः
काठमाडौं जिल्लाका तपसिल बमोजिमका अस्पतालहरु बाट कोभिड १९ बिरुद्धको खोप तथा अग्रपंक्तिमा खटिने व्यक्तिहरुको लागि बुस्टर खोप सेवा संचालन भईरहेको छ ।
१. बिरेन्द्र सैनिक अस्पताल
२. नेपाल प्रहरी अस्पताल
३. ससस्त्र प्रहरी अस्पताल
४. त्रि. बि. शिक्षण अस्पताल
५. बिर अस्पताल
६. शुक्रराज सरुवारोग अस्पताल
७. प्रसुती गृह अस्पताल
८. निजामती कर्मचारी अस्पताल
९. सुभेक्ष्या अस्पताल सितापाईला
१०. पिपुल्स डेन्टल अस्पताल सामाखुसी
११. जनमैत्री अस्पताल बालाजु
१२. ग्रांडी अस्पताल धापासी
१३. काठमान्डू मोडेल अस्पताल
१४. नर्भिक अस्पताल थापाथली
१५. नोबेल अस्पताल सिनामंगल
१६. बयोधा अस्पताल बल्खु
१७. सहिद स्मृत्ति अस्पताल कलंकी
१८. नयाँ बसपार्क, गोंगबु
१९. एपेक्स पोली क्लिनिक, जडिबुटी कोटेश्वर