महिला समूहका सदस्यहरूकाे लागि ५ दिने आधारभसूत तालिम संचालन भइरहेकाे छ । नगरपालिकाकाे महिला तथा बालबालिका शाखाद्वारा महिलाहरूकाे उद्यमशील सशक्तिकरणका लागि माघ १२ गते देखी तालिम सुरू भएकाे हाे । यस तालिम मार्फत महिलाहरूकाे जागरण, स्वास्थय, बचत देखी लिएर उद्यमशील बन्ने क्षमतामा बृद्दि गराइ उँहाहरूकाे जिवन परिवर्तन गराउने उदेश्य रहेकाे छ । तालिममा वडा नं. ०२ काे ८ वटा महिला समूह, र वडा नं. ०१ का सहभागीहरू गरी जम्मा २५ जना सहभागीहरू रहेका थिए ।
यस तालिममा नेपालमा महिलाकाे वर्तमान अवस्था तथा महिला सशक्तिकरणका लागी संस्थागत विकास बारे छलफल गरिएकाे थियाे । महिला तथा बालबालिका माथि हुने हिंसा, लैंगिक हिंसा निवारणकाे लागी निग्रहानी समूह, प्रजनन स्वास्थय तथा प्रजनन अधिकार र महला अधिकारकाे मुख्य कानुनहरू सम्बन्धी विशेषज्ञहरू द्वारा तालिम दिइएकाे थियाे । आय आर्जन गर्ने स्राेत र तरिका, याेजना, अर्थ, बचत तथा परिचालनका तरिकाका विषयहरू समेत यस तालिमले समेटेकाे छ ।
यसै सन्दर्भमा, उपप्रमुखले नगरपालिकाबाट प्रवाह हुने सुविधा, लैंगिक हिंसा निवारणका लागी स्थानिय तह, स्थानिय तहमा न्यायिक समितिकाे भूमिकाका बारेमा जानकारी तथा आधारभूत तालिम समेत दिनुभएकाे थियाे ।