बूढानीलकण्ठ नगरपालिकामा कोरोना भाईरस बिरुद्दको ‘कोभिशिल्ड’ खोप लगाउन सुरु भएको छ। सहिद गंगालाल तथा हृदय केन्द्रमा बूढानीलकण्ठ नगरपालिकाको ९८ जना लाई खोप लगाउने व्यवस्था मिलाईएको छ।

नेपाल सरकारको निर्देशन अनुसार नगरपालिकाको सुचिकृतमा परेका प्रत्यक्ष उपचारको सेवा दिने ६९ जना स्वास्थ्यकर्मी,  फोहरमैला व्यवस्थापनमा खटिने  २१ जना फोहर सङ्कलक तथा चालक, १८ जना नगर सुरक्षाकर्मी लगायत एम्बुलेन्स तथा सवारी चालकलाई   खोप लगाउन सुरु भएको हो।

पहिलो खोप ०.५ मिलीलिटर मात्रा  प्रदान गरिने त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइने प्रकृया रहेको नगरपालिका स्वास्थ्य  शाखा प्रमुख कुमार प्रसाद दहालले जानकारी दिए।  खोप देव्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइने छ ।

नेपाल भर सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइने प्रबन्ध गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय