बूढानीलकण्ठ, माघ ०२ गते । बूढानीलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा भुवनेश्वर लामिछानेलाई स्वागत गरिएको छ । नगरपालिकामा निवर्तमान प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्किको सरुवा भए संगै नयाँ प्रमुख प्रशासकिय अधिकृत आउनु भएको हो ।

आईतबार एक औपचारीक कार्यक्रम मार्फत नगरपालिका प्रमुख उद्दव खरेल, उप-प्रमुख रमा देवि राई लगायत महाशाखा\शाखा प्रमुखहरुले वर्तमान प्रशासकिय अधिकृत लामिछानेलाई फुलमाला का साथ स्वागत गरेका छन् ।

स्वागत कार्यक्रममा नगर प्रमुख उद्दव प्रसाद खरेलले लामिछानेलाई कार्यकाल सुखद् रहोस भन्ने कामना सहित नगरपालिकाको प्रशासनिक कार्य सम्पादनमा सुशासन कायम राख्नुहुन अनुरोध गर्नु भएको थियो ।

साविक कपन गा.वि.स. को सचिव पदमा रहि बुढानीलकण्ठ क्षेत्रमा सेवा गरिसक्नु भएको भुवनेश्वर लामिछाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय(अतिरिक्त समुह) बाट सरुवा हुनु भएको हो । लामिछानेले २०७१ सालमा बूढानीलकण्ठ नगरपालिका स्थानीय सरकार स्थापना भएसँगै नगरपालिका प्रशासन शाखा अधिकृतको रुपमा समेत काम गर्नु भएको थियो । यस अघि शिन्धुपालचोक स्थित चौतारा नगरपालिका र बलेफि गाँउपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा पद सम्हालेको अनुभव उहाँ सँग छ ।

नगरपालिकामा ४ बर्ष अगाडि स्थानिय तहको निर्वाचित जनप्रतिनिधि आएदेखी भुवनेश्वर लामिछाने आठौँ प्रमुख प्रशासकिय अधिकृत हुन् । यो भन्दा पहिले बिश्वराज मरासैनि, लिला अधिकारि , प्रदिप पौडेल, कुमार प्रसाद कोईराला, नारायण प्रसाद रिसाल, बैकुण्ठ सापकोटा र भर्खरै बिदा हुनु भएको राजेन्द्र कार्किले नगरपालिकाको उक्त पदमा रहेर सेवा दिनु भऐको थियो ।

करिब १० महिना बूढानीलकण्ठ नगरपालिकामा कार्यरत राजेन्द्र कार्कि कञ्चन रुप नगरपालिका, सप्तरीमा सरुवा हुनुभएको छ । कार्किको कार्यकालमा नगरपालिका शाखा कर्मचारी देखि स्थानीय लगायत सेवाग्राहि सबै लाई व्यवस्थित गर्दै एक सफल नेतृत्वको उदाहरण प्रकाश पार्नु भएको थियो । उहाँको काम प्रति सरोकारवालाहरु सबै सन्तुष्ट रहेको आम नगरपालिकाको बुझाँई छ ।

कार्किको नगरपालिकामा एक विशेष कार्यक्रम मार्फत बिदाई गरिने कार्यपालिकाले जानकारी दिएको छ  ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय