बूढानीलकण्ठ नगरपालिकाको बार्षिक स्विकृत कार्यक्रमबाट मुख्य कृषि क्षेत्रहरुलाई मध्यनजर गर्दै किसानहरुको माग अनुसार ५० प्रतिशत अनुदानमा मिनिटिलर र सिलपाेलिन प्लाष्टिक टनेल वितरण गरिएको छ।

कृषि शाखाले प्रकाशित गरेको सुचना अनुसार किसानहरुको मागलाई सम्बोधन गर्दै नगरपालिकामा दर्ता भएका  १० कृषक समूह तथा फर्मलाइ मिनिटिलर वितरण गरिएको हाे । 

नगरपालिकाको किसानहरुलाई कृषि उत्पादनमा विभिन्न समस्याहरु देखापरी रहेको स्थितिमा किसानहरुको उत्पादन सरल तथा समय न्युनिकरण गर्नको लागि यस वितरण कार्यक्रमले कृषि क्षेत्रमा महत्वपुर्ण भुमिका लिने विश्वास लिएको बूढानीलकण्ठ नगरपालिका मेयर उद्धव खरेलले बताएका छन । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय