बुढानीलकण्ठ, पौष २७ गते । आज बाट बूढानीलकण्ठ नगरपालिका अन्तर्गत रहेका विद्यालयहरुमा कोभिड-१९ विरुद्दको फाईजर  P-FIZER-Bio-and-Tech खोप लगाउन सुरु भएको छ ।

नगरपालिकाका १2 देखि १७ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई लक्षित गरेर यस खोप अभियानको सुरुवात भएको हो ।

खोप अभियान पौष ३० गते सम्म बूढानीलकण्ठ नगरपालिकामा अन्तर्गत रहेका १०३ विद्यालयहरुमा क्रमशः सञ्चालन हुने छ ।

आज यी विद्यालयहरुमा लगाईयो खोप…

जय भद्रकालि आधारभुत विद्यालय, ऊँ स्कुल, गणेश मा.वि. , बूढानीलकण्ठ मा.वि. , श्री राम माध्यमिक विद्यालय, नेसनल ब्लुमिङ स्कुल, फ्युजन एकेडेमि, पञ्चकन्या मा.वि., जे.बि. मेमोरिएल स्कुल, ट्रुनग्राम ईनटर्नेशनल स्कुल, श्री महांकाल जनजाग्रित मा.वि., डेविड रतन मेमोरियल स्कुल, नेसनल आईडियल बो. स्कुल, साईप्रेस स्कुल, बाल उद्दार मा.वि., ग्राम शिक्षा मंदिर मा.वि., जन उद्दार मा.वि., नौलिन मा.वि. ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार १६ हजार ५ सय ७४ जना विद्यार्थीहरुले खोप लगाउने छन् । खोप अभियान पौष ३० गते सम्म सञ्चालन हुने छ ।

यसअघि १८ वर्ष माथिका वयस्कलाई कोभिसिल्ड, भेरोसेल, जे एन्ड जे, फाइजर र मोडर्ना लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय