बूढानीलकण्ठ, पौष २६ गते । बुढानीलकण्ठ नगरपालिकाले ५० % अनुदानमा ‘काउ म्याट’ COW MAT वितरण गर्न लागेको छ ।
नगर भित्रका किसानहरुलाई दुध, फूल, मासुमा आत्म निर्भर गराउने पशु सेवा शाखाको लक्ष्य अन्तर्गत किसानहरुको पशुपंक्षि पालन व्यवसायलाई प्रोत्साहन गर्न ‘काउ म्याट’ वितरण गर्न लागेको शाखा प्रमुख एवं पशु चिकित्सक काजी श्रेष्ठले जानकारी दिनु भयो ।
नगरपालिका पशु सेवा शाखाको आ.व. २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ‘काउ म्याट’ वितरण गर्न लागिएकोले इच्छुक व्यवसायिक फार्महरूले माघ १० गते सम्म गते सम्म प्रस्ताव दर्ता गर्नु हुन आह्वान गरिएको छ ।
के गर्छ काउ म्याटले ?
– नगरपालिकामा गाई पालन र पशुपालन व्यवसायमा संलग्न व्यवसायलाई यस सामाग्रीहरुले थप व्यवस्थित गर्न सहज बनाउँछ ।
– यस्तै अव्यवस्थित गाईपालनमा हुने गरेको किटानु तथा किरा आतङ्कहरुले गाईहरुमा विभिन्न रोग सिर्जना हुने समस्या यस काउ म्याट ले न्युनिकरण गर्न मद्दत पग्ने छ ।
प्रस्ताव पत्रका साथ सम्मिलित हुनु पर्ने कागजातहरू:
१. आवेदकको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी
२. संक्षिप्त कार्ययोजना
३. फार्मको हकमा कम्तीमा ५ वटा दुहुना गाई वा सिर ३ देखि ५ रोपनी सम्म हरियो घासमा आधारित पशु पालन गरेको हुनु पर्ने ।
४. कार्यक्रम कार्यान्वयन स्थलको जग्गाको स्वामित्व देखिने कागजातको प्रमाणित प्रतिलिपी
५. लिजमा लिएको जम्गाको हकमा कम्तिमा ३५ वर्षको करारनामा वा सम्झौता पत्र
६. प्रचलित कानुन बमोजिम आधिकारिक निकायमा संस्था / फर्म / व्यवसाय दतां नविकरण गरेको प्यान तको साथै यस शाखामा अभिलेखिकरण को प्रतिलिपी
७. सम्बन्धित नगरपालिका वा वार्डमा फार्म दर्ता गरेको प्रतिलिपी साथै सिफारीस पत्र
८. कम्तिमा दैनिक दूध ५० लि सम्म उत्पादन हुनु पर्ने
९. बिमा गरिएको कागजपत्र अनिवार्य सलग्न हुनु पर्ने
१०. गत वर्षमा कार्यक्रम प्राप्त भएका फर्म लाई यस बर्ष समाबेस गरीने छैन ।