बूढानीलकण्ठ, माघ ०२ गते । बूढानीलकण्ठ नगरपालिकामा ६ महिनाको अवधिमा अनुमानित आय मध्य ६२.७७ प्रतिशत राजश्व संकलन भएको छ ।

नगरपालिकाको नवौं नगर सभामा पेश भएको २०७८/७९ को आय-व्ययको विवरण अनुसार राजश्व शाखाले बार्षिक योजना २०७८/७९ को आन्तरिक राजश्व तर्फबाट अनुमानित आय २७ करोड ६५ लाख  मध्य ६ महिनाको अवधिमा पौष मसान्त सम्म १७ करोड ३५ लाख ४५ हजार ३०२ रुपैयाँ  संकलन गरेको छ ।

नगरपालिकामा आर्थिक बर्षको अन्तिम सम्म अनुमानित आय पूर्ण रुपले संकलन हुने समिक्षा गरेको शाखा प्रमुख अच्युत खड्काले जानकारी दिनु भयो ।

हेर्नुहोस् कुन-कुन शिर्षकमा कति उठ्यो राजश्वः 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय