पौष २१, २०७८ ।
बूढानीलकण्ठ नगरपालिकाको नवौं नगर सभा सुरु भएको छ । नगरसभाका अधक्ष्य नगर प्रमुख खरेलले दिप प्रज्जवलन गरी कार्यक्रम उत्घाटन गरेका छन ।
सभामा नगरपालीका न्यायिक समितिको पुस्तिका विमोचन गरिएको छ । सो पुस्तिकामा न्यायिक समितिको स्थापनादेखि हाल सम्मको कार्य तथा प्रगती विवरण रहेको छ ।
त्यसैगरी, उपप्रमुख रमादेवी राईले सम्पूर्णलाई सम्बोधन गर्दै चालु आर्थिक वर्षको कूल आय रु. २ अर्ब ९६ करोड १८ लाख अनुमान गरेकोमा हालसम्म रु. ७६ करोड, ६६ लाख ५७ हजार २ सय ६० आय प्राप्त भई व्यय तर्फ रु. ४६ करोड ८३ लाख १२ हजार ९ सय ४९ रहेको बताएकी छिन ।
चालू आ.व.२०७८/७९ को योजना तथा कार्यक्रमको हालसम्मको प्रगति र राजश्व परामर्श समितिको प्रतिवेदन प्रस्तुत भएसँगै, नगरपालिकाको आ.व.२०७८/७९ को संशोधित आय व्यय तथा योजना तथा कार्यक्रम प्रस्तुत गरिएको छ । सो योजना ऊपर छलफल गर्न क्रममा नगरसभा सदस्यहरूले आफ्नो राय राखी सुझाब दिने कार्य भईरहेको छ ।
सभाकक्ष बाहिर हेल्थ डेस्क राखि जनस्वास्थ्य महाशाखाका प्रतिनिधीहरूले स्वास्थ्य शिषण सामाग्री, आवश्यक औषधिहरू, मास्क वितरण गर्नका साथै बि.पी. जाँच गरी स्वास्थ्य सेवा प्रवाह गरीरहेका छन ।
नगरसभाको बैठक २०७४ को स्थानीय तहकाे निर्वाचनबाट जनताहरुको अभिमतबाट निर्वाचित भएर प्राप्त भएको ऐतिहासिक जिम्मेवारी पुरा गर्ने अभिभारा निर्वाह गर्न नगरपालीकाको सबैभन्दा महत्वपूर्ण अङ्ग हो ।