बूढानीलकण्ठ, पौष १९ गते । “उद्यम विकासमा युवा संलगनता” नारा सहित बूढानीलकण्ठ वडा नं. १० मा युवाहरुको लागि उद्यमशिलता तालिम सञ्चालन भएको छ । युवा उद्यमिहरुको प्रोत्साहन र विकासको लागि वडा नं. १० युवा परिषद को आयोजना र वडा नं. १० कार्यालय, महिला एकता समाज तथा किङ्गस् कलेज को सह-आयोजनामा ३ दिने कार्यशाला सञ्चालन भएको हो ।
विभिन्न क्षेत्र र विविध शैक्षिक पृष्ठभुमिमा संलग्न २२ जना युवाहरुलाई विज्ञ प्रशिक्षकहरु द्वारा उद्यमशिलता विकासको लागि मानव-केन्द्रित डिजाईन प्रकृया “HUMAN CENTRIC DESIGN PROCESS” सम्बन्धि कार्यशाला सञ्चालन गरिएको, वडा नं. १० युवा परिषद अध्यक्ष सुदिप लुईटेलले जानकारी दिनु भयो ।
युवा वर्गमा उद्यमशिलता, सिर्जनशिलता र सिपको विकास गरी स्वरोजगार र उत्पादनको माध्यमबाट युवा उद्यमकर्ताहरुलाई प्रोत्साहन गर्न यस कार्यशालाको सिकाईले मद्दत गर्ने छ, लुईटेलले जोड्नुभयो “कार्यशाला अन्तर्गत सामान्यतया सन्दर्भ भित्र समस्या अवलोकन गर्न, विचार-मंथन, अवधारणा विकास र कार्यान्वयन सम्बन्धि विस्तृत प्रशिक्षण दीइने छ” ।
मानव-केन्द्रित डिजाइन अन्तरक्रियात्मक प्रणाली विकासको लागि एक दृष्टिकोण हो जसले प्रयोगकर्ताहरू, उनिहरूका आवश्यकताहरू र आवश्यकताहरूमा ध्यान केन्द्रित गर्दै मानव कारक उपयोगिता ज्ञान र प्रविधिहरू लागू गरेर प्रणालीहरूलाई प्रयोगयोग्य र उपयोगी बनाउने लक्ष्य राख्छ । यो दृष्टिकोणले प्रभावकारिता र दक्षता बढाउदैँ मानव कल्याण, प्रयोगकर्ता सन्तुष्टि, पहुँच र दिगोपन सुधार गर्दछ । साथै यसले मानव स्वास्थ्य, सुरक्षा र कार्यसम्पादनमा सम्भावित प्रतिकूल प्रभावहरूको प्रतिरोध गर्दछ ।