बूढानीलकण्ठ, पौष १८ गते ।

नगरवासिलाई घर-घर तथा वडा-वडामा सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालन भएको वडा स्तरीय एकीकृत घुम्ति शिविर सम्पन्न भएको छ । बूढानीलकण्ठ नगरपालिकाले वडा-वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरी ‘जनताको काम घरदैलोमा’ भन्ने अभियान सुरु गरी नगरपालिकाको १३ वटै वडामा शिविर सञ्चालन गरेको थियो । पौष १ देखि पौष १६ गते सम्म सञ्चालन भएको शिविरबाट ९०० जनाले सेवाग्राहिहरुले प्रत्यक्ष सेवा पाएका छन् ।

बुढानीलकण्ठ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कीका अनुसार घुम्ती शिविरमा सञ्चालित  योजना, अनुगमन तथा मुल्याङ्कन महाशाखाको शिविर बाट २३३ जनाले प्रत्यक्ष सेवा पाएको, समाजिक समावेशिकरण महाशाख बाट १९७ जना, कृषि विकास शाखा बाट २६६ जना, पशु शेवा शाखा बाट २०४ जना गरी ९०० जना नगरवासीहरुले नगरपालिका केन्द्रिय कार्यालयको सेवा आफ्नै घर-दैलोमा पाएको जानकारी दिनुभएको छ ।

“अभियान अन्तर्गत व्यवसाय दर्ता,अपाङ्ग\ ज्येष्ठ नागरिक परिचयपत्र वितरण, कृषि तथा पशु सेवा शिविर, महिला हिंसा न्युनीकरण अभियान, स्वास्थ्य शिविर लगायत योजना सम्झौता जस्ता सेवाहरु प्रदान गरिएको थियो । नगरपालिकाको मुल्याङ्कन र सेवाग्राहीहरुको प्रतिक्रिया अनुसार यस अभियानको लक्ष्य पूरा भएको कार्कीले बताँउनुभयो ।

शिविरबाटै आफ्नो ज्येष्ठ नागरीक परिचय पत्र बनाउनुभएको वडा नं ७ का दिलकुमार महर्जनले आफ्नै टोलमा सेवा लिनपाउँदा नगरपालिकाको यस अभियानलाई विशेष धन्यबाद दिनुभएको छ । यस्तै वडा नं ०१ का “साईकलिङ मार्ग” उपभोक्ता समितिले शिविरबाट समयमै योजना सम्झौता गरी काम पनि सुरु भईसकेको बताए ।

नगरवासीको माग र आवश्यक्ताहरु सम्बोधन हुने गरी नगरपालिकाको यस्ता सेवामुलक अभियानहरु निरन्तर रुपमा सञ्चालन गर्न सेवाग्राहि लगायत उपभोक्ता समितिहरुले नगरपालिकालाई अनुरोध गरेका छन्   ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय